कथा: कथाकी पात्रलाई भेट्दा


‘प्रविनजी, प्रवेशले इन्सपेक्सनको लागि अहिले कोही नभएकाले नेपालबाट कसैलाई पठाइदिनू भन्दै छ ।  के गर्नुहुन्छ ? तपाईंले एक हप्ता युएस, टेक्सास टर्मिनल जानुपर्ने भयो’, बोसले अह्राउनुभयो ।

बोसको कुरामा नाइँ भन्ने कारणै थिएन । नाइँ भन्न मैले धेरै पहिले नै छोडिसकेको थिएँ ।

‘ओके सर, म जान्छु’, मैले टाउको हल्लाएँ ।

‘हुन्छ, त्यसो भए भोलि म तपाईंलाई डिटेल फरवार्ड गर्छु’, बोसले भन्नुभयो ।

भोलिपल्ट मैले सबै डिटेल पाएँ । निर्माण पूरा भएको नयाँ फ्युल टर्मिनलको अटोमेसन सिस्टम ठीक भए-नभएको मैले भेरिफिकेसन गर्नुपर्ने थियो । सधैं कम्प्युटरमा टेबल वर्क गरिरहेको मसँग यस्तो कामको धेरै अनुभव त थिएन । यसैले यो मेरो लागि हेर्ने र सिक्ने मौका थियो । आफूले कोरेका चित्रहरुको सजीव रुप देख्ने मौका थियो । मैले प्रवेश सरको गाइडेन्समा काम गर्नुपर्ने थियो ।

त्यसको दुई दिनपछिको मेरो फ्लाइट बुक भयो । पहिलो चोटि अमेरिका जाँदै थिए । विमानमा चढ्दा छुट्टै आनन्द भयो । करिब अठार घण्टापछि म आस्टिन पुगे । विभिन्न ट्रान्जिट पास गर्दै बल्लतल्ल पुगेको थिएँ । पूरै टाउको घुमेको थियो । प्रवेश सर एअरपोर्टमा आउनुभएको थियो ।

‘मिस्टर प्रविन, वेलकम !’ प्रवेश सरलाई मैले भिडियो कन्फरेन्सको बेला चिनेको थिएँ । उहाँ कम्पनीको हेडक्वाटरमा सिनियर प्रोजेक्ट इञ्जिनियरको रुपमा हुनुहुन्थ्यो ।

मलाई कम्पनीले बुक गरेको होटलमा राखियो । साँच्चै रमाइलो लाग्दै थियो । गगनचुम्बी घरहरुका बीच पनि कति सुन्दरता थियो । भोलिपल्ट साइट जानु थियो । त्यो दिन रेस्ट गरेर बसेँ ।

***

मैले साथीलाई भेट्ने निर्णय गर्दै सागरलाई कल गरेँ । ऊ होस्टनमा थियो । ऊ एउटा कम्पनीमा आईटी सम्बन्धी काम गर्थ्यो । मैले त्यसपछि होस्टनको फ्लाइट बुक गरे । त्यो दिनको एउटा लास्ट फ्लाइट थियो ।

एअरपोर्टमा पुग्दा सागर आइसकेको थियो । ट्याक्सी लिएर उसको अपार्टमेन्टमा गयौं । उसले त्यसै दिन एउटा म्युजिकल कन्सर्टको टिकट किनेको रहेछ । मलाई पनि जान कर गर्‍यो । लोकल ब्यान्डको कन्सर्ट थियो त्यो । मैले नाइँ भन्न धेरै पहिले नै छोडिसकेको थिएँ ।

साँझको करिब सात बजे हामी एरेना थिएटर पुग्यौं । सागरका अरु साथीहरु पनि थिए । कन्सर्ट सुरु भयो । सारै रमाइलो हुँदै थियो । सबै नाचिरहेका थिए । भिडमा कसैले पछाडिबाट बोलायो |

‘प्रविन !’, कुनै केटीको आवाज थियो ।

यो शहरमा यत्रो भिडमा मलाई नै कसले बोलायो होला भनेर एकछिन त मतलब गरिनँ । तर, फेरि आवाज आयो । मैले पछाडि फर्केर हेर्दा चिनेको जस्तो अनुहार लाग्यो, तर ठम्याउन सकिनँ ।

‘नेपालबाट ? हजुर मलाई चिन्नुहुन्छ ?’, कोलाहल छल्दै  म उसको कानैनेर मुख लगेर चिच्याएँ ।

‘अँ, नचिनी कसरी बोलाएँ त हजुरको नामले’, ऊ पनि हाँस्दै चिच्याई ।

‘हा हा, हो है त्यो त’, म अवाक् परेँ ।

उसले मेरो हात समातेर अलि टाढा लगी ।  मैले सागरलाई रुममै भेट्छु भनेँ ।

हामी कन्सर्टभन्दा बाहिर आएपछि, ऊ फेरि चिच्याई, ‘तपाईं कथा लेख्नुहुन्छ नि ? आई एम योर फ्यान । तपाईंले डेली लेख्ने ब्लग पनि सधैं पढ्छु ।’

‘अब त नचिच्याउँदा’नि सुनिन्छ होला’, म हाँसे । उसले मुख खुच्याई ।

मैले फेरि भनेँ, ‘धन्यवाद, खुसी लाग्यो, दुनियाँको कुनै अञ्जान कुनामा कसैले मेरा खेस्रा कथा-कविताहरु पनि पढ्छ भनेको सुनेर ।’

‘होइन, सबै त होइन, केही चाहिँ मलाई मन पर्छन् । राम्रो लेख्नुहुन्छ’, उसले फेरि भनी ।

‘तपाईंको नाम ?’ मैले उसलाई सोधेँ ।

‘पछि भनूँला’, उसले टारी ।

हामी हिँड्दै अगाडि बढ्यौं ।

‘तपाईंले लेख्नुभएको एउटा कथाको बारेमा तपाईंलाई सोध्न सक्छु ?’ उसले मलाई प्रश्न गरी ।

‘भन्नुस् न,सोध्नुस् ।’

‘तपाईंले एउटा कथा इङ्लिसमा लेख्नुभएको छ है, पुमा, लभ स्टोरी टाइपको ? त्यसको पात्रलाई तपाईंले किन दयनीय बनाउनुभयो ? तपाईंले कुनै पात्र बनाउँदा त्यो कुनै जीवित मानिस पनि हुन सक्छ, त्यो कुराको विचार गर्नुभा’छ ?’

उसका कुरा सुनेर म एकछिन अक्मकिएँ । एक्कासी यसले किन यस्तो भन्न थाली भनेर कन्फ्युज भएँ । मैले जम्मा एउटा मात्र कथा अंग्रेजीमा लेखेको थिएँ ।

‘त्यो कथाको सिच्वेसन त्यस्तै थियो । एउटा फिक्सन त हो | के फरक पर्छ !’ मैले कुरा टार्ने कोसिस गरेँ ।

‘साँच्चै भन्नुस् त, त्यो फिक्सन मात्र हो भनेर । फिक्सन जस्तो कत्ति पनि फिल भएन त !  त्यो त सत्य घटना जस्तो लाग्छ । तर, के कथा अनुसार तपाईंकी पात्र ‘पुमा’ लाई अनिशले नै छाडेको हो त ? मुख्य कुरा त के त्यो एउटा प्रेम नै थियो र ?’

उसले सिरियस जस्तै भएर सोधी । त्यो कथामा एउटा रिलेसनमा बसेको कपलको ब्रेकअप देखाइएको थियो ।

मलाई डर लाग्न थाल्यो । कत्ति कुरा लेखिन्छ, कत्ति कुरा कल्पना गरिन्छ, कति कथाहरु रचिन्छ । तर, त्यो कथा, कथामा मात्र सकिँदैन भनेर कहिले पनि सोचिन्न । सायद यस्तै कति कथाले अरु कति कथा जन्माउँछन् होला ।

उसले मलाई फेरि भन्न थाली, ‘सायद पुमाले अनिशलाई छोडी कि, त्यसो किन लेख्नु भएन ? वा पुमा जस्ती एक सशक्त नारीले भविष्य बनाउन केवल शरीरमा सीमित रहेको अनिशको प्रेम अस्वीकार गरी कि ?  नारीले सधैं दयनीय नै बन्नुपर्ने ?’

मलाई उसले भनेका कुरा’नि ठीकै हो जस्तो लाग्यो । तर, कथा पछाडि केही रहस्य मेरा पनि थिए । कसरी सम्झाऊँ जस्तो लाग्न थाल्यो ।

‘तपाईं के गर्नुहुन्छ नि यहाँ ?’ मैले पूरै नयाँ अध्याय सुरु गर्ने कोसिस गरेँ ।

‘लौ, के हो यस्तो ? बीचमै कुरा फेर्न खोज्नुहुन्छ त !’, ऊ खिस्स हाँसी । फेरि बोली, ‘पिरामिड इन्कमा बिजनेस एडभाइजर ।’

‘तर सारै रुखो हुनुहुँदोरहेछ । कुरा बीचमै रोक्नुभो’, उसले निराश भाव प्रकट गरी |

‘होइन, त्यो कथाका केही कुरा सत्यतासँग जोडिएका थिए, त्यही भएर त्यस्तो भयो । अब लेख्ने बेला के-के सोचिन्छ, पछि त्यसो किन गरे भनेर रिकल नै गर्न सकिँदैन’,  मैले उसलाई सम्झाउने कोसिस गरेँ ।

‘बाई द वे, कसको कथा हो त्यो ?’, उसले सोधी ।

‘मेरो साथीको ।’

‘आफ्नो कथा लेखिएको उसलाई थाहा छ त ?’

‘सायद ।’

‘सोधेर लेख्नुभो ?’, उसले फेरी सोधी ।

‘किन सोध्नु ? लेखक हुँ, घुमाएर जे पनि लेख्ने सक्छु । सोध्नु आवश्यक छ र ? फेरि सबै पात्र काल्पनिक हुन् | सिच्वेसन पनि काल्पनिक छन् | किन सोध्नुपर्‍यो ?’, मैले कथा लेख्नुको झमेला भोग्दै थिएँ ।

‘त्यो त हो, तर पनि के त्यो गलत छ भन्ने कहिल्यै लागेन ? के थाहा, तपाईंको पात्र तपाईंले लेखेभन्दा भिन्न छ कि ?’ उसले प्रश्नको वर्षाद् गर्न थाली ।

‘तपाईं नै भनिदिनुस् के लेख्नु भनेर ?’, म इरिटेट भइसकेको थिएँ ।

‘भो, राम्रो लेख्नुहुन्छ । यस्तै लेख्दै गर्नुस् । अब कति दिन छ बाँकी यता ?’, उसले फेरि सोधी ।

‘पर्सिको फ्लाइट छ नेपालको । साँच्चै भन्नुपर्दा, थ्याङ्क यू भेरी मच । सायद मेरो कथा कसैको लागि नराम्रो हुन सक्छ भनेर सोच्नसम्म’नि सकिनँ । थ्याङ्क यू अगेन । ‘, उसले साँच्चिकै मभित्र प्रश्नको बीउ रोपिसकेकी थिई । कसका लागि र किन ? मेरो कथाको औचित्य के त ?

हामी नजिकैको कफीसपमा गयौं । लुबिज क्याफ्टेरिया । एकदम सुन्दर दृश्य थियो । जताततै उज्यालो । हामीले कफी पियौं अनि आ-आफ्नो बाटो लाग्यौं ।

***

अपार्टमेन्ट पुगेपछि मैले उसलाई सम्झिन खोजेँ । मैले कतै पहिले नै भेटेको जस्तो लाग्थ्यो अनि कथा सम्झेँ । मेरो कथा मैले फलो गर्ने कसैको ब्लगका स-साना अपडेटमा आधारित थियो । कथा अझै अपूर्ण भएको भान भयो । कोठामा म एक्लै अनेक गन्थन-मन्थन गर्दै थिएँ । सागर आइपुग्यो ।

‘किन चाँडो आएको ? अनि हु वाज दि गर्ल ?’, उसले मलाई जिस्क्याउन थाल्यो । ‘कोही होइन, मेरो एक फ्यान’, मेरो उत्तर सुनेर सागर हाँस्यो ।

‘भो यार, भोलि नै अफिस पुगेर सबै रिपोर्ट सब्मिट गरेर पर्सि जाने तयारी गर्नु छ, सुतौं अब ।’

सागरले मेरो सुत्ने व्यवस्था मिलायो |

भोलिपल्ट म फेरि आस्टिन फर्किएँ | अफिसमा प्रवेश सरलाई रिपोर्ट सब्मिट गरेँ ।

काम राम्रो भएको रहेछ । प्रवेश सरले मलाई एअरपोर्टसम्म छोड्नुभो ।

नेपाल पुगेको केही दिनपछि ब्लग खोलेर हेरेँ । नयाँ नोटिफिकेसन देखेँ, उही कथामा एउटा कमेन्ट आएको रहेछ, ‘इट्स पुम, नट पुमा, अनि यो सर्टफर्म हो, कुनै नाम होईन । किप राइटिङ ।’

सायद मैले मेरै पात्रलाई भेटेको थिएँ, तर पनि चिन्न सकिनँ । मेरा ओठ आफैंलाई गिज्याउन व्यस्त भए, मुस्कान सहित।


प्रकाशित : http://www.onlinekhabar.com/2017/04/573214/


17799249_606386429564258_6203369930427491388_n


This poem is written for #eleven11poetrychallenge.

Challenge: Write about yourself

मेरो चोक (ERASER POEM)


InkedInkedERASER_LI


The original poem is by great poet Bhupi Sherchan, who used to write satirical poems. This poem is written for #eleven11poetrychallenge.

सिरानी


तिमी प्रतिको मेरो प्रेम त्यती बेला झल्किन्छ,
जतिबेला मैले अङ्गाल्न चाहेको केवल तिमी हुन्छौ,
तिम्रो कोमल्ता मेरो जन्मदेखि म सङ्ग जोडियो,
र अन्तिम यात्रा सम्म हुनेछ,
तिमी संग खेल्ने मेरो अर्धचेतन मस्तिष्क,
तिमी संग का हरेक नोकझोक र रमाइला,
हरेक रात का लागी हरेक बिहान तिमीलाई धन्यवाद दिन्छ,
कति सपना साटिन्छन अनि कति आशुहरु,
तिमिले हरेक पटक स्वीकार गर्छौ,
हरेक उत्साह संगै तिमिलाई अङ्गाल्दा,
तिमिले कहिल्यै झर्को मान्दिनौ,
म मा थपिएको साहसमा सधै तिम्रो अंश हुन्छ,
अनि तिम्रो साथ हरेक भय र एक्लोपनको मल्हम !
तिम्रो प्रेम मेरा लागी सुखद रात्री हुन्छ, सुखद प्रभात हुन्छ अनि सुखद जिवन पनि !



#eleven11poetrychallenge #day8
#siraani #pwnbhtt #सिरानिकोबारेमा

Pathetic Powerless!


You choke me to death,

With your gas,

of rage, violence, ego and power,

Is this all you can do?

And still, you lose,

With yourself!

Shame on you!

Powerful,

Pathetic powerless!

 

कबिता – जीवनको स्वाद || Spoken Word Poem


This my first spoken word video in Nepali.

FOR THE POEM  ‘जीवनको स्वाद’ (JIWAN KO SWAAD).

There are too many mistakes (especially with fonts and synchronization). Hope you’ll ignore them. Will improve next time.
Humble suggestions and comments are heartily welcomed.

जीवनको स्वाद


जीवनले धेरै चोटी मलाई चाखिसकेछ,
धेरै अवस्थामा,
हिजो, आज र भोलि,
मैले मन खोलि हास्न सम्म नि पाइन,
जीवनले हरेक पटक जिस्क्येरह्यो,
राम्रो नराम्रो, यान त्याँन भनिरह्यो,
राम्रो संग नमिठो र न-राम्रो संग मिठो भनिरह्यो,
म चुप लागिरहे, सहिरहे!
अह, एक शब्द बोलिन,
मात्र चुप !
यस्तै छु म, सोझो, शान्त र कम्जोर,
तर,
बस! जे भयो भयो,
हुने कुरा भैसक्यो,
पानी हद भन्दा पार गैसक्यो,
सासहरु निस्सासिसके,
बस,
अब त मेरो पालो,
हो, मेरो पालो, जीवन चाख्ने,
मिठो, नमिठो, राम्रो नराम्रो, जीवन का बारेमा गुनासो गर्ने,
मेरो पालो!
बिस पिउन सजिलो छ, अन्त्य गर्न जीवन,
तर जिउन गारो छ, सिंगार्न यो जीवन,
हो मलाई थाहा छ,
जीवन का अन्द्याराहरु, जीवनका तिता यथार्थहरु,
जुन पोल्छन, सहनै नसक्नेगरी,
र जीवनका उज्याला हरुपनि,
यत्ति मै त् छ जीवन,
जिउनु र जल्नु |
तर एकछिन!
उज्याला हरु पनि छन्, हरेक आंध्याराहरु पछी,
जस्तै सुनौला प्रभातहरु हरेक सन्ध्याहरु पछी,
जीवन प्याला त् हो, मिठो प्याला, पिउन जान्नुपर्छ,
अनन्त यो भूमिमा,
तिम्रा यात्राहरु,
तिम्रा सपनाहरु,
तिम्रा प्रयत्नहरु,
कोरिदैछन, एक धर्का तानिदैछ,
एक सुन्दर तस्बिर बन्दैछ तिम्रो र तिम्रो जीवनको,
हो जीवनको,
स्वाद मिठो हुन्छ, कहिलेकाही तितो पनि,
तर स्वाद लिनु नै त् जीवन हो,
आशा हो, उडान हो !


My translation, of a poem,
Taste of Living’ written by my friend Jyotee. Find original in the link provided below.
find original here: https://goo.gl/f9GMrT
written for #eleven11poetrychallenge #day4 #april4 #pwnbhtt

मेरो माया!


तिमी र म, म र तिमी, यत्ति मै पनि माया देख्थे,

कथा हरु बुन्थे, कबिता कोर्थे,

मायामा अरु के के नै गरिंन्छ र !

निन्द्रा नलाग्ने,

खाना नरुच्ने र पढ्न मन नलाग्ने,

यस्तो केहि पनि भएन,

तर पनि त्यो माया नै हो जस्तो लाग्छ!

म हरेक पटक निद्रा को पर्खाईंमा हुन्थे,

हरेक पटक मेरो सपनामा उसको सहभागिता हुन्थ्यो,

त्यसैले त मेरो सपना पनि उ नै थिई,

हरेक पटक जब भोकले सताउथ्यो,

मैले उ संग बाड्न चाहेको चाउचाउको नुनको स्वाद म हरेक खानामा पाउथे,

खाना त्यसै रुच्थ्यो,

उ हरेक कथा कि प्रेरणा हुन्थी र हरेक कबिताकी सर्जक,

उसले बोल्ने हरेक शब्दहरुमा म मिठास पाउथे,

त्यसैले सायद मैले बोल्ने हरेक शब्दमा उसको मिठास मिसाउन कहिल्यै बिर्सिन,

उसको नटखट स्वभाव र उसको मुस्कान,

सायद हरेक बालकले त्यो सुन्दरता उसैबाट सिके,

र त हरेक बालकमा म उसलाई देख्छु,

सायद यही हुन्छ होला माया मा !

उसले स्थिर बनाएका आँखाहरुले,

केवल उसलाई मात्र हेर्न सिके,

अनि उसको सुन्दरताले हरेक बस्तुको र व्यक्तिको सुन्दरता हेर्न सिकायो|

माया छालाबाट सुरु भएर मन सम्म पुग्छ अरे,

तर मलाइ भने उसको छालाको सम्झना सम्म पनि छैन,

न नै मैले उसको रंग सम्झेको छु,

न नै उसको छालाको सुन्दरता म मा झल्किन्छ,

जुन कुरा ले मेरो अस्तित्व उ संग गासदैन,

त्यो कुरालाई कसरी मायासंग गास्नु !

 

सायद मुस्कान बाट सुरु भयो,

हाम्रो माया,

वा सुरु भयो आँखा बाट,

त्यो गहिराई बाट जहा, मैले आफुलाई हेर्न सिकें,

उसको मिठो बोली र सहृदयी भावबाट,

जसरी ममता बाट माया सुरु हुन्छ, हो त्यसै गरी,

प्रश्न हरु र उत्तर हरु बाट, उसका कापी र कलम हरु बाट,

हरेक क्लासवर्क र होमवर्क हरुबाट,

सरको पिटाइबाट,

एसेम्बलीमा संगै बसेका स-साना समयका बियाहरुबाट,

झाँगिएको घर छेउको घन्टीफुल जस्तै बन्ने गरि,

हरेक साँझ ओइलाएर फेरी नया बिहान नयाँ कोपिला,

र सुन्दर फुल बन्न उत्साहित भए जस्तै गरि,

सायद उसको र मेरो माया सुरु भयो!

 

मायाले सधै मुस्कान खोज्थ्यो,

र मायाले सधै मुस्कान दिन्थ्यो, अनि खुसि पर्याय भएर आउथ्यो,

पिडा पनि हुन्छ र प्रेम मा ?

होईन होला ?

सायद प्राप्ति मा हुन्छ, आशामा हुन्छ, आवश्यक्तामा हुन्छ !

तर मायामा त भेटिन मैले, प्रेममा त भेटिन,

भेटे त केवल उत्साह,

आफ्नो खुसिको र उसको खुसीको,

प्रेरणा भेटे, प्रखरता ल्याउने ब्यबहारमा,

निखारता ल्याउने बिचारमा,

अनि बिस्वास भेटे, सधै मायालाई माया संग जोडीराख्ने !

 

स्फटिक जस्तै लाग्थ्यो हाम्रो माया,

प्यारो, पुस्ट, पूर्ण र पारदर्शी,

अनि अमुल्य,

सफा र सुन्दर,

कुनै आग्रहबाट टाढा,

कुनै आवेग बाट टाढा,

कुनै समबेदनाबाट टाढा,

कुनै आशाहरु बाट टाढा,

कुनै वासना बाट टाढा,

विशुद्ध,

माया मात्र भएको,

मेरो माया !

‘Chunk From Heaven’


 

img_20170107_211233

Markhu, Makwanpur, Nepal

 


Previously Posted on Paxetdolor
https://paxetdolor.wordpress.com/2017/01/08/chunk-from-heaven/

Rhyme You !?!


Your’s the only whisper that I can hear,
Your cute gestures, all day, I can stare,
Between the things that my mind may boggle,
You’re the only one thing that I can care!

Rivers, flowers, and birds that fly,
Nature is short, for you, metaphors are sly,
How am I to rhyme you in verses,
Aye! there’s nothing that’s more like thy!