बुद्धिमान नेपाली

ग्राजुएसनको छाप लगाएका वीर का बुद्धिमान सपुतहरु ,
आफ्नो बुद्धि खाडीको राप र खैरेको जापमा खर्चन मन पराउदैनन् ,
आजभोली!
अनि चुरोट र गाँजामा मस्त रहने बेरोजगारहरु
परिश्रमको भट्टीमा अझ चम्किलो र उज्यालो बन्दैछन , बनाउदैछन देशलाई !!

आजभोलि विमानस्थल सुनसान छन् कलिला ठिटाहरु नभएर,
तर पनि पर्यटकको रौनक थपिएकोछ!
सन्तोषको छोरो ईन्जीनियर भएछ र बुबाको बिदेस जाने प्रस्ताब टूक्रयाउदै,
देशमै प्राबिधिक उधोगमा लागेछ|
अनि अरु थुप्रै सन्तोषका छोराहरु पनि ब्यस्त छन् देशमा, देश विकासमा ,
गोरे , चेप्ते, छोटे, काले सबै गाऊमा छन् ,
हलो जोत्दै , गोडमेल गर्दै , पसिना बगाउदै,
त्यसैले त् गराहरु ढाकिएकाछन्, उन्नत तरकारीले ,
ओइरिदैछन् धन गहू मकै र कोदो बोरा क बोरा !!

काठमाडौँको शिर अझ उच्च बनेको छ,
ढलेका आशाहरु परिवर्तनको मिठासले उजागर हुदैछन्,
धरहरामा चन्द्र र सुर्य अझै पनि पुरै जोसका साथ फर्फराउछ,
कलाकारिता मा उच्च रहेको मरो धर्ति उस्तै छ,
पुर्व देखि पश्चिम सबको एउटै बोलि छ, देशप्रेम,
सबको समान स्वर छ , देस बिकास,

धर्म जात लिङ्ग भाषा को भरमा फैलिएको द्वेष,
बिलिन हुदै छ,
देश छ, त म छु भन्ने भवनाले ओतप्रोत अनेकन तन्त्रहरु
राष्ट्र प्रेमको मन्त्र बोकी हिडेकाछन् |

व्यस्तता बीच पनि रमाईरहेछन्,
बिकासको धुन बजाईरहेछन्,
युवाको आवाज उच्च छ,
हाथहरु फुर्तिला र बलिया देस सजाईरहेछन् ||

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s