पवित्राले आँखा मारी !

कक्षा ३ को गणित पढाएर जोशी सर निस्किनुभयो |

“रोक तँलाई”| ईशोर ले म तिर आँखा तानेर हेर्यो | सरको पिटाई खाएर हात फुक्दै गरेको मैले उस प्रति त्यति ध्यान दिइनँ | पछि आशिषले भन्यो ,” तिमीलाई त्  ईशोरले प्लाइउड फ्याक्ट्रीमा रोक्न भनेछ|” म अत्ति नै डराए तर मर्द भएर डराउँदैनन् भनेर सिनेमा मा हेरेको हुनाले कसैका सामु छर्लंग हुन दिइन | इशोरले मलाई मात्र दोषी ठान्नु गलत थियो| यसको भागीदार म लगायत आशीष र बिकाश   पनि थिए |

स्कूल छुटी भो| यो कुरा क्लास भरि फैलिसकेको थियो |  प्लाइउड फ्याक्ट्रीमा इशोर र मेरो फाइट हुँदैछ भनेर त्यसतिर घर भाकाहरू उक्सुक्कता का साथ प्लाइउड फ्याक्ट्रीमा भेला भैसकेका थिए | इशोर पनि पुगिसकेको थियो| म नि हाम्रै टोल तिरका साथी हरू सँग आउँदै थिए | मन मनै त चाँडो घर पुगे हुन्थ्यो सोचिरा’थ्ये तर इशोर त मलाई कुरिरहेको थियो | मलाई देख्ना साथ उसले मेरो टाई तान्यो | मैले पनि झोला फाले  | कुनै मद्रासी पिक्चरको फाइट सिन जस्तै फ्याक्ट्रीमा रहेका ठूलठूला टिम्बरमा चढेर एक अर्का माथि उफ्रिन थालियो | उसले मेरो कपाल समात्यो | रिसले आगो भएको मैले उसको केही नभेटेर अन्तिम मा पाइन्ट समातेर ताने | उ छुटाउन खोज्थ्यो तर मैले छोडिन | ‘चरक्क ‘ आवाज आयो | उसको पाइन्ट आधा सम्म उद्रियो | रिसको झोकमा उसले नि मेरो टाई समातेर बेसरी तान्यो | टिम्बर का बीच मा भाग्ने र समात्ने चलिरहेको थियो बीचमा कसैले, “तिम्रो दिदी “ भनेर मलाई भन्यो | यो सुन्न साथ म त्यता बाट भागे | घरमा झगडा गरेको थाहा पाए पिटाई खाने डर हुन्थ्यो | इशोर पनि भागेछ|

टाई तानेको देख्लिन् भनेर टाई निकालेर गोजीमा हाले र  शर्ट बाहिर निकालेर दिदी तिर दौडे | “खै टाई ?” दिदी ले सोधी |
“मैले निकालेर गोजीमा राखेछु|”, मैले सकेसम्म कुल भएर बोल्न खोजे |

“किन?”

“होइन, घर पुग्दा सम्म लुगा फुकाल्न सजिलो होस् भनेर, कम टाइम लाग्छ नि दिदी |” मैले उत्तर दिए |

घर पुगे, हात मुख धोए, खाजा खाए , सबै कुरा भुल्न थाले | अब कसले थाहा पाउँछ र लग्यो |

साँझ तिर दिदी र म सँगै पढ्थ्यौ | होम्वोर्क गर्ने बेला दिदीले,” के हो भाइ के गरेको भनेर ?” सोधी |

जिउ नै सिरिङ्ग भो| दिदीले थाहा पाए जस्तो लाग्यो |

“होइन दिदी मेरो गल्ती होइन, त्यो बिकाश   ले गर्दा हो |” म आतिएर बोली हाले |

“के हो ? बिकाश ले ? भन त् | के गरिस् तैले ? “, दिदीले त अर्कै कुरो गरेकी रहेछ|

फसाद पर्यो !

“होइन, केही  होइन| ” मैले टार्न खोजे |

“भन्ने भए भन भाइ नत्र म ड्याडी लाइ भन् दिन्छु |” दिदीले धम्क्याइ |

म भन्न थाले |

“जोशी सर् को म्याथ्स पेरिओड् थियो| म, आशीष र विकाश सँगै बसेका थियौ, लास्ट बेन्चमा | सर हिसाब गराउँदै हुनुहुन्थ्यो | म बीचमा बसेको थिए | विकाश जोडले हाँस्न थाल्यो | मैले के भो भने |

– “पवित्राले आँखा मारी”, उ हाँस्न थाल्यो |

-“कसलाई? “मैले सोधे |

-“इशोर लाई “, सर देख्नुहुन्छ भनेर उ लुकेर हाँस्न थाल्यो |

म पनि हासे | अब भन त् दिदी हाँसो लाग्दैन त् ?”

दिदीले टाउको हल्लाइ ,”अ  अ ,अरू भन”

“आशीष म तिर हेरेर के हो भन्न थाल्यो | मैले भनि हाले, “पवित्राले इशोर लाइ आँखा मारी |”आशीष पनि हाँस्न थाल्यो | यो कुरा इशोर को कान मा परेछ, र उसले मलाई हेरेर के के भन्न थाल्यो | मेरो मात्र दोष भए जस्तै ! हल्लीखल्ली मच्चिन् थाल्यो | सरले बिचार गरिरहनु भाको रहेछ | अनि सरले, स्टिक नपाएर, डस्टरले म, आशीष, विकाश र इशोर लाइ पिट्नुभयो | इशोर झन् रिसायो र मलाई प्लाइउड फ्याक्ट्रीमा रोकेर म सँग झगडा गर्यो |”

दिदी जोडले हाँसी |

दिदी हाँसेको देखेर मेरा आँखा बाट बग्न लागेका आशु पनि हाँस्न थाले  |

पवित्राले आँखा मारेकी थिइनन् | परेली झिमझिम जसको नि हुन्छ, उनि पछाडी फर्किँदा, त्यतिकै मा  विकाशले कुरा बनाएको रहेछ | त्यो बेला आँखा मार्नु ठुलै कुरा थियो |

केही दिन पछि बिस्तारै इशोर र म बीचको मनमुटाउ सकियो | हामी पहिले भन्दा झन् घनिष्ठ भयौ|

प्लाइउड फ्याक्ट्रीमा भएको घटना सम्झेर दुवै हाँस्थ्यौ |

“जितेको चाइ मैले नै हो है, हा… हा |” उ भन्ने गर्थ्यो |

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s