सीमा

“मान्छेले अरुलाई कत्ति दुख दिन्छ है | अरुको भावना बुझ्न कति गाह्रो हुन्छ है | अरु लाई खुसि दिन नसक्ने मान्छले दुख पनि त् दिनु हुदैन | ” रोशनको आक्रोश मिश्रित बिचारले मलाई दङ्ग पर्यो | मैले केही बोलिन | केवल उसको बिचारको समर्थन मा मुन्टो मात्र हल्लाए | हिजो मात्र सीमा लाई रुँदै गरेको देखेको थिए मैले अनि रोशन खै के हो कुन्नि सम्झाउँदै थियो | सायद त्यही कुराको को आक्रोश हो क्यारे | मैले प्रस्ट बुझेको न हुनाले  अरू सोध्ने आँट नै गरिन |

साँझ कोठामा पुग्यौ |

रोशन र म सँगै बस्थ्यौ | अनि मैले सोधि हाले, “रोशन तिमी अघि रिसाएको जस्तो लागेको थियो मलाई | के भो भन त तिमी लाई ?”

रोशनले थकित मुद्रा मा भन्यो, “ खै क भन्नु यार, हिजो सिमा लाई भेटेको थिए | याद छ नि तिमि लाई हामी सँगै पढ्ने सीमा ?”

मैले टाउको हल्लाए | सिमा, हामी सँग प्लुस टु पढ्दा सँगै पढ्थी | सधैँ हाँसि रहने  बानी थियो उसको | सबै सँग खुलेर बोल्ने र सबै लाई सम्मान गर्थी | कसैको पनि चित्त दुखाउने काम गर्दिनथी | सार्है मिलनसार र सोझी  थिई सीमा | र रोशन, म र सीमा मिल्ने साथी थियौ |

रोशनले भन्दै गयो,  “हेर न्  यार, हिजो सीमालाई भेटेको थिए | सुरुमा त सार्है खुसी लग्यो उसलाई भेट्दा | तर कुरा गर्दै जाँदा मनै रोयो | ऊ मुस्कुराउन खोज्दै थिई तर पिडा नै एती रहेछ कि उनको त्यो मुस्कान भित्र का पिडा सँग  हार्यो र बर्बर्ती आँसु झरना थालि | के भो भनेर सोध्दा पनि भन्न नै चाहिन उसले | केही पनि होइन रोशन भन्दै कुरा टार्न खोजी | तर मैले जिद्दी गरेपछि उसले बिस्तारै आफ्नो कुरा खोली | सिमा को विवाह भएको चार महिना भएको रहेछ |”

मैले रोशनलाई बीचमा नै रोकेर भने , “भनेको थिए नि रोशन मैले आजकल सीमा फेसबुकमा भेट्दिन | कल गर्दा नि लाग्दैन फोन |”

रोशनले भन्दै गयो, “सुन न तिमि फोन को कुरा गर्दै छौ | उसलाई घर भन्दा बाहिर जान गाह्रो भएको छ | सीमाको विवाह एउटा राम्रै घरमा भएको रहेछ | ठुलै खानदान रहेछ | उसको श्रीमान पनि सरकारी कर्मचारी रहेछन् | बिवाह पनि सीमाको मन्जुरी मा नै भएको रहेछ | तर बिचारी लाई भाग्यले नै ठगेछ यार | बिहे भएको एक दुइ दिन त ठिकै थियो | तर एक दुइ दिन पछि बिस्तारै श्रीमानले अनेक कुरा सोध्न थाले | उसको श्रीमानले उसको फोन चेक गर्दा रहेछन, सधै त्यो पनि | घर बाट फोन आउँदा नि कुरा गर्न सार्है अफ्ठ्यारो हुदो रैछ | ठिकै छ त् भन्दै सीमाले पनि नया सिम किन्न भनिन र उसको श्रीमान ले नि ल्याएछन् | सीमा अझै पनि खुसी नै थिइन |  त्यत्रो ठुलो र शिक्षित घराना मा बिवाहा हुदा को नै खुसी हुन्न र | केहि दिन पछि सासु ससुरा ले पनि दाइजो को कुरो गर्दै अनेक कुरा सुनाउन थालेछन | कहिले उसको माइती लाइ गाली गर्दै कंगाल भन्दा रैछन त् कहिले माग्ने भन्दा रैछन | अंकल (सीमाको बुवा ) जस्तो भद्र र असल मान्छे लाई तेस्तो भन्दा हामि लाई नराम्रो लाग्दैछ भने सोच सीमाको त बुवा, कस्तो भो होला बिचरी लाई |”

मैले बिचमा भने, “शिक्षित र धनाड्य भएर मात्र हुदैन है रोशन, मानिसमा त् मानवता भन्ने जन्तु पनि हुनुपर्दो रहेछ| त्यस्ती असल र सबै लाई खुसि देख्न खोज्ने हिरा जस्ती सीमाको मूल्य र महत्व पैसाको महले जेलीएका आँखाहरुले के देखुन है |”

रोशनले फेरी भन्दै गयो, “ अनि दिन दिनै  अनेकन बहानामा श्रीमान ले साँझ गाली गर्ने रहेछ| कहिले खाना मीठो भएन , कहिले को संग बोलेको भनेर | भए नभएको कुरा झिकेर सताउने रहेछ | घरमा अरु कोई पनि रहेन छ | उसको श्रीमान् एक्लो छोरो रहेछ | ससुरा पनि ठुलै नेता र समाज सेवी रहेछन |”

मैले मुख थाम्नै सकिन र बोलिहाले, ” समाजसेवी रे, थोरै पनि आत्म सम्मान भएको भए ति बुढा ले आफुलाई समाज सेवी नभने हुन्छ | त्यत्रो पढेको मान्छे भएर पनि कस्तो निच सोच रहेछ है |”

रोशनले लाहो सास फेर्यो र भन्यो, “हेर यार, शिक्षा जीवन उपयोगी नबनाए के काम जति नै ठूला डिग्रीको | पहिला मानव हुन् त् सक्नुपर्यो नि | एउटी नारी  जो आफ्नो घर छोडेर जीवन भर बाच्न नयाँ परिवेशमा घुल्न तयार हुन्छे, जो आफ्ना सबै इच्छा भुलेर अरूकै इच्छा अनुरूप बाच्न खोज्छे, उसलाई केहि अरु दिन नसके पनि दुई बचन मिठो बोले के जान्थ्यो | सीमा लाई जति पिडा छ त्यस्तो पिडा भएका अझ कति अरू सीमा हरू होलान् है |”

“हो, रोशन तिमीले अघि भने जस्तै कति सीमाहरु दैनिक एस्तै पिडा भोगिरहेका हुन्छन होला |” मैले भने |

“खुसिको बगैचा मा फुलेकी फूल थिई सीमा र कसैले टप्प टिपेर लग्यो र दिन सकेन त्यो खुसी, ऊ सुक्दैछे, ओइलाउदै छे | खुसि दिन सक्दैनौ भने भएको खुसि खोस्ने अधिकार कसैको हुदैन | सिमा अस्ति  पिकनिकमा आइने भनेर रमिलाले गुनासो गर्दै थिई | उसलाई के थाहा !!!

मनोवैज्ञानिक हिंसा पनि एक किसिमको घरेलु हिंसा होइन र, प्रविन ?” रोशनले भन्यो |

म एक छिन मुस्कुराए, यत्रो कुराकानी पछि  मात्र रोशन ले मेरो नाम लियो तर बिषय को गम्भिर्यता ले ओंठ खोल्नै  दिएन | सीमा हाम्री साथी हुना ले यत्रो कुरा भो | नत्र यस्ता बिसय मा सोच्ने फुर्सद कसलाई हुन्छ र | डलर गन्न पल्किएका हरू आफ्नो फाइदा का लागि बर्सात का भ्यागुता जस्तै हुन्छन् अरू बेला कुनै मतलब गर्दैनन् | अनि हामी, आफै मा व्यस्त हुन्छौ र फेसबुक वाल को झुटो मुस्कान मा अरु को खुसि नाप्न खोज्छौ | अस्ति मात्र रमिला, ‘सीमाको त कस्तो मोज छ है, ठुलो घराना, धनि बुढो’ भन्दै थिइ | उसलाई के थाहा घराना ठुलो र धनि हुदैमा मनमा पनि ठुला  र धनि हुन्छन भन्ने हुदैन भनेर | परे पछि मात्र थाहा हुन्छ चोट किन कि मुखले खान र बोल्न मात्र जान्दछ, पिडा जान्दैन | मनले जान्दछ | अनि मात्र सुनै सुन ले भरिएका सीमा भित्रका पिडा बुझिन्छ|

रोशन अझै गम्भीर थियो | मैले सीमालाई भेटिन, सायद भेटेको भए मलाई पनि रोशनको जस्तै पिडा हुन्थ्यो होला |

 

(This is my old story. I tried writing over social issues but I couldn’t make it great. I never wanted to share it. किनकि स्टोरी को हिसाबले यो अलि कम्जोर जस्तो लाग्छ | तर  केहि नलेखेको  धेरै दिन भो , केहि त  पोस्टिनु  पर्छ लागेर पोस्ट  गरेको  | )

Advertisements

2 thoughts on “सीमा

  1. I agree!

    education opens eyes for sure!
    but its nothing until implemented to our lives!

    थहा छ? अाजभाेलीकाे मान्छे नै बेग्लै ।
    nature!

    हाे । मानव सत्त प्रतिशत सहि पनि हुन्दैन । तर आजभोलिको मन्छे बहिर अर्कै हुन्छ अनि भित्री मनले अर्कै ।

    they try to be perfect अरु को नजरमा but they have black hearts.

    (I am not able to deliver what I exactly mean)

    मलाई सारै मन पर्याे !

    very true; profound and fierce.

    मन्छे सहि हुनुपर्छ ; सत्य अनि मानविय गुन ले भरिपुर्न! अरु कुरा त secondary things.

    bcoz life is a limited journey!

    1. I know what you are trying to deliver 🙂
      everything is misinterpreted in this world, same is with education.
      thank you have a good day 🙂

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s