बर्खा

त्यो दिन उनि क्लासमा ढिला आईपुगिन | म्यामले उनलाई बाहिर नै राख्नुभो | म भने उनलाई एकोहोरो कक्षा कोठा बाहिर  हेरिरहे | मेरो बेन्चको छेउमै एउटा झ्याल थियो | धेरै जसो समय बाहिर नै हेरिरहन्थ्ये | पढाईमा कत्ति पनि मन लाग्दैनथ्यो | पढेर के नै गर्नु छ र भन्ने लाग्थ्यो |मलाई त प्रभा संग बोल्न र बस्न पाए पुग्थ्यो | आज त् झन्  झ्यालले कुनै दर्पण जस्तै प्रभाको चित्र कोरिरहेको थियो | र हुन पनि उनि मलाई एति सुन्दर लाग्थिन कि झ्याल र दर्पण बाहेक अरु कोई पनि उनको सुन्दरता बयान गर्न सक्दैनन् होला जस्तो लाग्थ्यो | उनलाई हेर्दै मुखमा पेन चपाउदै थिए | सायद मेरो आनन्दको पिडा निर्दोष कलम लाई हुदै थियो | पेन मुख भित्र हालेर टोक्दै गर्दा म्याम ले देख्न्नु भएछ | म्याम को हातमा भएको सानो ठुटो चकलाई फेरि मेरो कारणले दुख भएछ | म्याम ले कुनै  पोख्त सुटर जस्तै मेरै कन्चटमा चकले निसाना लगाउनु भएछ | र निसाना लाग्यो पनि | म झसङ्ग भए | ‘ कहाँ हेरेको प्रविन तिमीले  ? पढ्न मन छैन भने क्लास बाट बाहिर जादा हुन्छ | म हाजिरी गरिदिन्छु, जबर्जस्ति बस्नुपर्दैन क्लासमा | पढ्ने स्टुडेन्ट लाई त पढ्न देउ |’, म्याम ले म तिर रिसाएर हेर्नुभो | हुन त म्याम  जति नै रिसाए पनि म भने मनमनै खुसि थिए| मैले आफ्नो नोट पछाडिको खल्तीमा हाले र बाहिर गए | म्यामले मलाई आफ्ना भ्यागुताका जस्ता आँखाले हेर्दै हुनुहुन्थ्यो | म बाहिर जाने बितिकै म्याम पढाउन थाल्नुभो | म हतार हतार प्रभा भएको ठाउँ मा गए | ‘गुड मोर्निंग प्रभा’ , म पछाडी बाट उनको छेउमै गए | ‘ए प्रविन, मोर्निंग | तिमी किन बाहिर नि ? क्लास सक्कियो र ?’ , प्रभा किताब हेर्दै थिइन् | ‘ छैन सक्किएको , म्याम  ले मलाई क्लास बाट निकालिदिनुभो |दिक्क लागिसकेथ्यो मलाई त किताब हेर्दा हेर्दै | किताबको खोल बाहेक अरु केहि दिमागमा बस्दैन | सारै भोलाटाईल दिमाग छ |’ मैले पछाडिको पोकेटमा भएको कापी हातमा मोड्दै भने | ‘ हा  हा  हा .., के हो तिम्रो चाला, पास हुनु छैन ? अनि कति वटा बाकि छ नि लास्ट ईयर को ? हावा कुरा नगर प्रविन |, प्रभाले कुनै आभिभावक जस्तै गरि मलाई सम्झाउन खोजिन | ‘ के गर्छौ भन त् कलेज सकिए पछि ?’ उनले म तिर हेर्दै प्रश्न राखिन | म संग कुनै उत्तर थिएन | मैले त्यो कुरा केवल हासेर टारे | ‘प्रविन आज रोशन आएको छ ?’ प्रभाले मलाई सोधिन | ‘अँ आएको छ ,पढ़न्दास किन नआउनु नि | किन र प्रभा ?’मैले सोधे | मलाई रोशन पटक्कै मनपर्थेन | ‘होईन, आजको नोट माग्नुछ | हिजो को पनि क्लास छुटेछ |’ उनले भनिन र त्यहा बाट क्लास तिर गईन् | म भने क्लास लिन गईन |

 

भोलिपल्ट फेरि सधै झैँ पछाडी पाकेटमा कापी र एउटा पेन हालेर कलेज जादै थिए | बाटामा पानी  जमेको थियो |सडकमा पनि हिड्न लायक भाग खोजेर हिड्नुपर्थ्यो | सडक भित्र सडक खोज्नुपर्थ्यो | बर्खामा जताततै हिलो र खाल्टाखुल्टि | कुनै सडक पनि महिना दिन नटिक्ने | कलेज जादा नि लुगा फोहोर नहोस भनेर बचेर हिड्नुपर्थ्यो | नत्रभने कुनै गाडी आएर पुरै लुगा फोहोर पर्ने डर हुन्थ्यो | बर्खा आएको दुइ हफ्ता जति भैसकेथ्यो | लगातार वर्षा ले कति ठाउमा पहिरो त् कति ठाउँ डुबान मा परेका थिए | धेरै मानिसहरुले आफ्नो ज्यान पनि गुमाएका थिए |त्यो बेला तिर कलेजमा राहत वितरण सम्बन्धि खै कुन्नि के कार्यक्रम भैरहन्थ्यो | म भने खासै चासो राख्थेन | बर्खाले गर्दा सबै जसो घरहरुमा जमेको सबै धुलोहरु सफा भएको थियो | अनि बोट र वृक्ष हरु कुनै एक सुन्दर लगनको प्रतिक्षामा भए जस्तै सजेका थिए आफ्नो प्रकृतिक रंगमा | जताततै हरियाली र स्वच्छताको महसुस् हुन्थ्यो | नयाँ अन्नको लागि रोपाई गरिन्थ्यो | बर्खा जति नै क्रुर भए पनि, बर्खा जति नै हिलाम्य भए पनि, बर्खा परिवर्तनको प्रतिक हुन्छ, अनि धर्तिको प्राकृतिक स्नान हुन्छ | गर्मि मासको मलम, शीतलता र सुन्दरता हुन्छ|

म कलेज पुगे | सधै जसो मलाई प्रभाकै खोजि हुन्थ्यो | ‘हरि, प्रभालाई देख्यौ कतै ?’ मैले क्यान्टिनमा बसेको हरि लाई सोधे| उसले मलाई  प्रभालाई रोशनसंग लाइब्ररी मा देखेको कुरा बतायो | मलाई  एकदम नरमाईलो लग्यो | कालो बादलले मन पुरै ढाक्यो | रिसले मुख रातो भयो | म लाइब्ररी मा पुगे | त्यहाँ रोशन र प्रभालाई मस्किदै, जिस्किदै देखे | हुन त कलेज भरि नै  हल्ला थियो ति दुइ बिचको रिलेशनशिपको तर पनि मनले कहिल्यै मानेन |

त्यो दिन प्रतक्ष्य देखे | धेरै देखे | मन भरि सबै किसिमका भावना एकै चोटी आए | मैले आफु लाई एक्लो र निरही महसुस गरे | कयौ पटक मैले प्रभालाई प्रस्ताब राखेको थिए | उनि ति सब कुरालाई हासोमा उडाईदिन्थिन | त्यो दिन थाहा भयो, उनका हरेक खित्का पछाडीका आशयहरु| अर्थहीन पागलपनको गर्मीमा पोलिरहेको थिए भबिस्य, त्यो दिन सबै पोलिएका घाउ र फोका हरु फुटे, सारै पिडा भयो, सारै पोल्यो | तर मन भरीका बादल गर्जिएर एउटा बर्खा मेरा सबै पिडा र दुख पखाल्न तयार भयो | मनका अनेक संरचनाहरुको बिसर्जन गर्दै त्यो दिन पानी भेल भएर बग्यो | मैले तुवालोले ढाकेका आकाश कुनै बर्षात पछि प्रस्ट भए जस्तै मेरा अगाडिका बाटा हरु देखे | आफ्ना लक्ष्य फेला पारे | त्यो दिन मेरो मन रुपी बसुन्धराले बर्शौको प्याष बुझाएको थियो | आखा हरु भिजेका थिए तर पनि  सफा थिए | नजर स्पस्ट थियो | मन चंगा भयो | नयाँ आकाश देखे, उज्यालो र सफा | नया रोपाई गरे जस्तै मेरो हिलाम्मे मनमा अनेक आशाहरु को बिजारोपण भयो |

म  प्रभा  र रोशन नजिक को टेबुलमा एउटा किताब लिएर बसे | ‘मोर्निंग”, मैले भने | प्रभा झसङ्ग भईन | दुबैले हेरे | ‘मोर्निंग’, दुबैले संगै भने | दुवै जना अलि अलि लाजाएका थिए | ‘के छ, आराम छौ, प्रविन ?’, प्रभाले सोधी |

‘अँ , ठिक छु , ठिक भए , अब साच्चै ठिक भए, अब आराम छु |’ मैले मुस्कुराएर उत्तर दिए | प्रभा एकछिन जोरले हासिंन् |

Advertisements

6 thoughts on “बर्खा

  1. बिचरा प्रवीण ।

    तर मलाई अन्त्यमा प्रवीनको हासो मन पर्यो ।

    that’s life :!

     “सडक भित्र सडक खोज्नुपर्थ्यो ”
    nice one.

    a perfect story for youngsters! college students mostly!

    keep writin
    keep smilin

    : )

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s