प्रियदर्शी~~

उसको आवाज भिन्न थियो | कापिरहेको थियो | शिथिल थियो | त्यसमा कुनै उर्जा थिएन | तर पनि उसलाई बाच्नु थियो | त्यसैले उसलाई बोल्नु थियो |  ’दाई धनगढी जाने गाडी कता पाइन्छ ?’ उसले एउटा गाडीवाला लाई सोध्यो | लस्करै राखिएका गाडी हरु बिचको एउटा गाडी देखाएर गाडीवाला ले उसलाई धनगढी जाने गाडी देखायो, ‘ऊ त्यो निलो वाला, देख्नुभो ?’ | टाढा सम्म नजर घुमाए पछी उसले निलो गाडी चिन्यो | ‘हजुर, धन्यवाद ! ’, सानो मुस्कान सहितको धन्यबाद दिएर ऊ गाडी तिर लग्यो | उसले मोल मिलायो र गाडीमा आफ्नो सामान राख्यो | गाडी को जाने समय हुन एक घण्टा अझै बाकि थियो | तर पनि ऊ सिट मै बस्यो | पहिलो चोटी एक्लो यात्रा गर्दै थियो | त्यसैले केहि आत्तिएको थियो |

‘प्रियदर्शी, बाबु भात खान आउ |’

‘एक छिन है ममी, एक पेज मात्र बाकीं छ क्या’ प्रियदर्शीले आफुले लेख्न लागेको निबन्ध ‘ जीवन एक यात्रा ‘ को अन्त्य गर्दै थियो | सक्किन लागेको स्नातक पढाईका बीच पनि ऊ लेखनका लागि समय निकालीहाल्थ्यो | उसको कोठाको चारै तिर किताबले भरिएका दराजहरु थिए| सायद नाम चलेका सबै जसो किताबले त्यहा स्थान पाएका थिए | चट्ट मिलाएको कोठा थियो | भित्तामा स्वरस्वती र अरु केहि भगवानका तस्बिर हरु टासिएका थिए | एक्कासी सबै तिर कोलाहल मचियो | उसका वरी परि राखिएका किताब हरु झर्न थाले |उसले ले आड लिएको धर्ति नै काप्न थाल्यो मानौ त्यो दिन धर्ति ले अब त् अति भयो भन्दै टुक्रिन खोजेको थियो | उसले केहि भेउ नै पाएन, ऊ अचेत अवस्था मा पुगिसकेको थियो |

एक्कासि गाडीको हर्न बज्यो | पछाडिको सिटमा बसेको प्रियदर्शी निदाएको थियो | ऊ झसङ्ग भयो | ’भाई अलि पर सर्नुसन् है |’, कुनै अधबैंसे आईमाईको आग्रहलाई उसले नकार्न सकेन र गाडीको लास्ट सिटको पनि कुनामा झ्यालमा गएर बस्यो | जीवनले उसलाई कुनामा पारिसकेको थियो र अब हरेक आवस्थाहरु पनि उसलाई चेप्दै थिए पेल्दै थिए | उसले ति अधबैंसे आईमाईलाई हेर्यो | मोटो ज्यान भएकी ति आइमाई सानो झोला समातेर बसेकी थिई | ‘ अफ्ठ्यारो त भएको छैन नि बाबुलाई ?’ आफ्नो आधा भार जति प्रियदर्शीमा पर्ने गरि बसेकी ति आईमाई ले सजिलै संग सोधिन् | ‘ छैन आन्टी |’ प्रियदर्शी ले नम्र भएर जवाफ दियो | ‘गारो भए भन्नुस है बाबु |’ चल्न थालेको गाडीमा बजेको हिन्दि गीतको धुन संगै भन्नु पर्ने कुरा भने पछि ति आईमाईले आँखा चिम्लिन | गाडी हिन्न थाल्यो |

चेत खुल्दा प्रियदर्शी कुनै रोदनले भरिएको सन्नाटा बीच थियो | किताब जता ततै छरिएका थिए | उसको खुट्टा दराजले चेपेको थियो | टाउको उसले पढ्ने टेबुल मुनि थियो | त्यहि छेउमा उसले लेखेको निबन्ध ‘जीवन एक यात्रा’ अपूर्ण र च्यातिएको थियो | खुट्टाको पीडाले उ रोईरहेको थियो | ’ममी, ममी ममी…’, ऊ जोरले कराउन थाल्यो | कोहि आएन | उसले बुवालाई सम्झिन थाल्यो | माओवादी गृहयुद्ध हुदा उसका बाबु बिद्रोहीद्वारा मारिएका थिए | त्यति बेला ऊ सानो थियो | तर त्यो बेलाको पिडा सायद जीवन संग उधार रहेको थियो होला, त्यो दिन उसले त्यो पनि चुकायो | हुर्किदै गरेको खुसिको प्रतिक थियो प्रियदर्शी | उसको ममीको परिश्रम र हिम्मतको प्रतिफल थियो प्रियदर्शी | नम्र स्वभाव, पढाईमा अब्बल, रुप रंग र जिउडाल मिलेको, पर्फेक्ट थियो | तर सबै पर्फेक्सनका बीच पनि सानो खतले ठुलो आसर पर्छ | र यो खत उसको भाग्य थियो | कुनै सुन्दर स्वेटर बुन्दा बुन्दै कसैले एउटा छेउ समातेर ऊनको धागो ताने जस्तै गरि हुदै गरेको सुन्दर जीवन सबै उद्रेरा गएको थियो त्यो दिन | दुइ दशक जति काटेको प्रियादर्शिले यस धर्तीमा सायद धेरै नै दुख पाएको थियो | ऊ निकै थाकेको र  भोको थियो | ’भाई… भाई…’, कसै को आवाज आयो |

‘भाई नास्ता खाने होईन ?’, ति मोटी आईमाईले प्रियदर्शीलाई उठाईन | ऊ निदाएको थियो | ’काहाँ पुग्यौ आन्टी ? कुन ठाउँ रहेछ यो ?’, उसले ति आईमाईलाई सोध्यो | ‘यो धादिङ हो बाबु | हेर त बाटो जम्मै बिग्रेको छ |’, ति आईमाई बाहिर निस्कदै गर्दा उसलाई भन्दै थिईन | प्रियदर्शी बाहिर निस्कियो र खाजा खाने होटल तिर लग्यो | ‘दाई पानी दिनुस त एक बोत्तल |” प्रियदर्शीले साहुजीलाई २० रुपीया दिदै पानी माग्यो |

कसैले बोलाएको आवाज सुनेर प्रियदर्शीले ममी खोई भन्दै सोध्यो | ‘ भाई लौ पहिला पानी खाऊ अनि आराम ले कुरा गरौला है’, उसलाई उठाउदै गरेका प्रहरीहरुले उसको हातमा पानीको बोत्तल थमाउदै उसलाई हिम्मत राख्न भने | प्रियदर्शीले पानी पीयो | आफ्नो वरिपरी हेर्यो | केहि देखेन | केवल भग्नावशेष हरु थिए | केवल रोदन हरु थिए | केवल डरहरु थिए | चीच्याहट र पीडाका क्रन्दनले आकास पनि रोईरहेको थियो | सिमसिमे पानी र बादलले ढाकेको आकाशले गर्दा अन्धकार जस्तो भएको थियो | ‘भाई तिम्रो नाम के हो भन त | तिमि त भाग्यमानी रहेछौ | मृत्युको नजिक भएर पनि बाच्यौ |’, आमाको चिन्ताले सताएको प्रियदर्शीले केहि पनि सुनिरहेको थिएन तर पनि उसको छेउमा रहेका मानिसहरुले उसलाई ढाडस दिदै थिए | ‘भाई हेर यो त सब भगवानको लिला हो | प्रकृति जति कसले पो सक्छ र |’, उसलाई घेरेर बसेका केहि चिनेका र केहि नचिनेका मानिसहरुले उसलाई समाल्न खोज्दै थिए | तिनी हरु सबै भन्दा सायद बढी नै दर्शन बुझेको थियो प्रियदर्शीले तर पनि मन रोएको बेला बुद्धि पनि कम्जोर हुन्छ, मन नै सबै भन्दा बलिस्ठ हुन्छ | पिडा त मन कति कम्जोर र कति बलियो छ भन्ने मा भर पर्छ | ‘हिड भाई जाऊ तिमीलाई त हस्पिटल लैजानुपर्छ|’, प्रियदर्शीको फ्ल्याट नजिको पसले ले उसलाई समातेर हस्पिटल तिर लागे |

‘जाउँ भाई, अब त गाडी हिड्छ होला , नास्ता खायौ त ? कस्तो थियो त ?’, मोटी आईमाईले सोधिन | ’अँ आन्टी खाए, ठिक ठिकै थियो, राम्रो त् के भन्नु, होईन र ?’, प्रियदर्शी ले उत्तर दियो | दुवै जना संगै बसमा चढे | ‘हो भाई एस्तै छ |”, मोटी आईमाईले प्रियदर्शी लाई उसको सिटमा जान दिईन र आफु पनि सिटमा बसिन | गाडी फेरि हुइकिन थाल्यो मन्द गीत सहित ‘ जिन्दगिको के भरोसा…’

केहि समय पछि हस्पिटलमा रहेको प्रियदर्शीलाई उसको आमाको टाउकोमा चोटका कारण मृत्यु भैसकेको खबर सुनाईयो | खुट्टाको प्राथमिक उपचार पछि बेडमा बसेको प्रियदर्शीलाई उसका केहि छिमेकी र केहि आफन्तले घेरेका थिए | ऊ रुन थाल्यो | तर एक थोपा आँसु झरेनन |सायद आँसुहरुलाई पनि बग्ने बाटाहरु साना भएछन क्यारे | ऊ चिच्याउँन खोज्दै थियो तर गलाका तन्तु एति गह्रौ भए की कुनै आवाज आएन, अनुहारको रंग पुरै उडेको थियो | मुटुले आफ्नो बेग बिर्सदै थियो | प्रियदर्शी, बाबु भात खान आउ- भनेको उसको कान मा अझै गुन्जिदैछ | उसले अझै पनि आमालाई आफ्नो  वरिपरी भएको महसुस गर्दै थियो | आमाको हातको अन्तिम गास पनि जिन्दगीले उसबाट खोसेको थियो | आमा संगै उसका अनेक सपनाहरु तुहिए, अनेक महल हरु भत्किए | उसको जीवन एक किसिमले ठप्प भयो |

गाडी एक्कसी रोकियो | ‘ गाडी बिग्रियो, आधा घण्टा जति लाग्छ है |’, सह-चालक जोरले करायो | ‘हिड भाई बाहिर जाउं’, मोटी आईमाईले प्रियदर्शिलाई भनिन | दुवै जना बाहिर निकीए | रात परिसकेकोले गाडीकै छेउ मै दुवै जना उभिए | ‘भाईको घर कता नि ?’,मोटी अईमईले सोधिन | ‘काठमाडौँ हो आन्टी |‘, प्रियदर्शीले सानो मुस्कान सहित भन्यो | ‘ए अनि कामले जादै हो कि घर छ उता पनि?’,मोटी आईमाईले स्वाभाविक प्रश्न सोधिन | ‘मेरो पोस्टिंग त्यस्तै भा’छ, त्यहि भएर |’ प्रियदर्शीको भर्खरै जागिर सुरु भएको र पहिलो पोसटिंग धनगढी भएको बतायो | ‘ अनि घरमा आमा बुवा लाई एक्लै छोडेर जादाँ न्याश्रो लाग्छ होला नि बाबु ?’ मोटी आईमाईले सोधिन | ‘होईन आन्टी आमा र बुवा कोहि हुनुहुन्न | बुवा संकटकाल मा मारिनु भो अनि आमा अस्ति को भूकम्पमा |’, मलिन भएर प्रियदर्शीले जवाफ दियो | मोटी आईमाई लाई अलि अफ्ठ्यारो लग्यो | ’माफ गर्नुहोला है भाई’, उनले दुख प्रकट गर्दै भनिन | प्रियदर्शीले सबै कुरा ति आईमाई लाई भन्यो | कसरी आमाको मृत्युको पछी उसले आफ्नो ठुलोबुवाको घरमा बसेर पढाई पुरा गर्यो | कसरि आमाको सपना पुरा गर्न दिन रात मिहिनेत गर्यो र कसरि आजको स्थीती सम्म पुग्यो | ति मोटी आइमाईले सबै कुरा सुनिन र उसलाई जीवन मा अझै प्रगति गर्ने शुभकामना दिईन |

गाडी पनि बन्यो | सबैलाई आफ्नो आफ्नो सिट मा बस्न भने पछि | गाडी फेरी चल्न थाल्यो | गन्तब्य अझै अधुरै थियो | गन्तब्य भोलिको थियो | यात्रा आज गर्नुपर्ने | समय र गति संगै गाडी चलेको थियो आफ्नो अपूर्णता पूर्ण गर्न |

Advertisements

5 thoughts on “प्रियदर्शी~~

  1. Single man and
    Numerous pains
    Struggle

    OMG!

    Sometyms I wonder!

    Life without wonders n stories is not so cool.

    But bearer suffers so muchh!

    A lovely write n i hope next part is on the way!

    Keep writing and i will
    Keep reading

    : )

    Stay happy

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s