गमबुटको कथा

हिलाम्य बाटा,
केहि गिला , केहि  चिप्ला,
अनि केहि फोहोरी !

जब बर्षाको बादल गर्जिदै,
निथ्रुक्क पर्थ्यो सारा धर्तिलाई,
हिलाम्य बनाई सारा बाटा र मैदान हरु,
तब गमबूट मा उत्रेका पाईलाहरु,
साना हिलाम्य बाटाहरुका ठुला माहासागर हरुमा ,
कागजको डुंगा चलाउथ्ये,
सारा संसारभरिका खुसि बटुल्न,
अनि ठुला सपना बोक्ने साना पाईलाका घर बनेका गमबुट,
कहिलेकाहीँ  भ्यागुताको पनि घर बन्दथ्ये !!
निस्फिक्र निस्कन्थे युद्ध गर्न हिलो संग,

मेरा गमबुट विरुद्ध
बर्षाको हिलो !

बर्षा, कति मिठो !
उग्ग्र बनेको कठोर धर्तिलाई पनि गलाउने,
अनि जीवन जगतको प्यास बुझाउदै दाना फलाउने,
संगै कति क्रुर र नमिठो !
कयौ निर्दोष आत्माहरु बेढंग संग जलाउने,
तर साना पाईला संग आज बर्षा पनि हार्नु थियो,
किन कि उसले बनाएको हिलोसंग लड्न ठुला गमबुट थिए ,
आज बादल हरु फाट्नु थियो चाराको चिरबिर संगै,
नाच्दै, खेल्दै कागजका डुंगा हरु बग्नु थियो, तैरिनु थियो,
गमबुटका कथा बोकेर अनन्त आकाशगंगा सम्म,
पुर्याउनु थियो भावना अनि सम्झनाहरु,
कोशीकाहरुमा जहाँ कुदिनु थियो गमबुटको माहात्म्य,
गमबुटको कथा !

Advertisements

8 thoughts on “गमबुटको कथा

  1. सुन्दर
    कथा मन पर्यो ।

    गमबुटको पनि आफ्नै ब्यथा ।
    झरीको पनि आफ्नै महिमा ।

    यो सृष्टिमा सबै कुरा बेग्लाबेग्लै
    अनुभव
    आभास अनी
    आवश्यकता ।

    मलाई गद्दय कविता लेख्न आउदैन ।
    any suggestions !

    1. धन्यबाद |
      मलाई पनि खासै एस्तै हो भनेर त थाहा छैन तर पद्य कबिता भनि लेखेका कबिता स्कुल मा सरले गद्य भनेपछि त्यस्तै लेख्न थाले |
      सुन्दै गर लेख्न आफै आउछ |

      1. हाहा ।

        पद्ध सुन्दर लग्छ ।
        गद्यकविता मा गहिराई हुन्छ। भन्ने मेरो सोच

      2. कबिता भनेकै पद्य सोच्थे, तर गद्य लेख्न थालियो | पिडा छ हजुर ! 🙂 अलि लामो र ठुलो कबिता त सपना नै हो मेरो !

  2. सायद पिडा भएरै लेखिछ होला | तर किन पिडा मा भइन्छ त्यो भने कहिले बुझ्न सकिएन | अक्षरहरु कै साथ छ !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s