रमेश र पूनमको कथा : सुरुवात (Prequel)

जब पिडाहरुको भार बढ्न थाल्छ | मनले पुराना मिठा याद हरु को एन्टीबडीको बिकाश गर्छ | केहि हद सम्म भए पनि पिडा एकछिनको लागि हराएर जान्छन | सायद यस्तै हुदै थियो मलाई | मेरो दोषको थाप्लोले मलाई अझै चेप्दै थियो तर पूनम लाई आफ्नो दिमाग बाट आउट गर्न मैले कुनै रक्सि अथवा कुनै दुर्बेसनको साहारा लिन सकिन | लिन पनि चाहिन किन कि ति प्रेमका पल  थिए र प्रेम का पल मिठा हुन्छन. पवित्र हुन्छन | र म ति मिठा पल तिता पार्न चाहान्नथे | बस यादहरु नै काफी थिए मन बहलाउन |

हिजो मात्र भेटेको जस्तो लाग्छ पूनमलाई | भर्खरको कुखुरे जवानीले रंगिन दुनियामा सजिलरी भिज्ने उमेर थियो | कक्षा ९ मा भर्ना भएको थिए | सबै तिर नया थियो मेरो लागि | नया साथि, नया शिक्षक, नया कक्षा | मलाई अनौठो लागिरहेको थियो | यद्यपी मेरा केहि पुराना साथीहरु पनि संगै त्यो स्कूलमा भर्ना भएका थिए | ठुलो स्कूल, ठुला कक्षा कोठा हरु अनि भरि भराउ विद्यार्थीहरु थिए | खेल्ने ठाउँ नि ठुलै थियो | धेरै जसो अपरिचित नै थिए | कोहि कोहि भने अलि चिनेका मानिस भेटेको थिए | बर्खाको समय भएकाले प्लेग्राउन्डमा पानि जमेको थियो | घास बढेर हरियो भएको थियो |स्कुल बाउन्ड्री छेउका रुख हरुले स्कुल पुरै ढाकेको थियो | हरियाली थियो चारै तिर | हरेक बिजहरुको सिंचन हुदैथियो | चिसो बतासले त् झन् अझ मादकता मिसाएको थियो प्रकृतिमा |

‘तिम्रो नाम ?’ अब परिचय दिने मेरो पालो आयो | ‘रमेश’ मैले उत्तर दिए | ‘एत्ति हो कि अरु पनि केही छ !’, नेपालीका शिक्षक थिए, उडाईहाले मजाक | सबै जना गलल हासे | ‘ रमेश बिष्ट, सर’, मैले उत्तर दिए | सबैको परिचय लिए पछि सर पढाउन थाल्नुभो | बीच बीच मा सर प्रश्न सोध्नु हुन्थ्यो | यस्तै मा मलाई प्रश्न सोध्नु भो र मैले उत्तर पनि दिए | र त्यस पछि म भन्दा केहि बेन्च अगाडी बसिकी उनकी पुरानी विद्यार्थी र मेरी  नया साथि लाई सोध्नुभो | उसले उत्तर दिन सकिन | ‘ के हो पूनम तिम्रो चाला ? हेर त भर्खर भर्ना भएका तिम्रा साथि हरु ले उत्तर दिन सक्छन भने तिमि चाहिँ सक्दिनौ |’ सरले पूनम लाई सम्झाउनुभो |

पूनमलाई पहिलो चोटी भेटेको त्यहि हो | कक्षा कोठाको झ्याल बाट सुर्यका केहि किरण बादलुलाई छलेर उनकै अनुहारमा परेको जस्तो लाग्थ्यो | लाग्थ्यो श्रावनले लुकाएका सबै सुर्यका किरणहरू ओकल्न थाल्यो | सबै तिर उज्यालो भयो | उनका सुगन्धित केशहरू लतिका जस्तै झुल्दै थिए, चिसो बतास सँगै, उनका परेलीहरूमा र  आँखामा भएको मृदुलता अनि उनका प्वाक्क परेका गाला | उनको बालक को जस्तो सुन्दर छाला अनि लालीमा पोतिएका ऐँसेलु जस्ता रसिला ओठहरू | म हेरेको हेरे भए | अब मेरो ध्यान सरमा कत्ति पनि थिएँ | सरले के पढ़ौदै हुनुहुन्थ्यो मलाई केहि पनि थाहा थिएन | मेरो ध्यान त् केवाल पूनम मा थियो | केहि समय पछि ब्रेक भो | म दौडेर पूनम को छेउमा पुगे | ‘पूनम, मेरो नाम रमेश”, मैले उ संग हात मिलाउदै भने | उ र उ संग का साथि हरु हासे र उसले भनि, ‘ थाहा छ मलाई तिम्रो नाम रमेश हो भनेर, अघि आफ्नो परिचय सबैको अगाडी दिएको होईन |’ सबै जना फेरि हासे | मलाई पनि हासो लग्यो र म पनि हासे | त्यो दिन त्यस्तै गयो | नया साथि हरु अनि नया स्कुल सबै पुरानो भयो | भोलिपल्ट देखि मैले मेरो सिट परिवर्तन गरे र पूनम कै बेन्च पछाडी बस्न थाले | अलि अलि गफ हुन्थ्यो अलि अलि रमाईलो | हुदा हुदा मलाई पूनम एकदम मनपर्न थालि | साथि हरु पनि जिस्काउन थाले | पूनम देख्ने बित्तिकै उनीहरु घचेट्दै उसकै पछि जान भन्थ्ये | हरिले त् कति पटक मलाई आफ्नो मनको कुरा भन्न भनेको थियो तर मेरै हिम्मत भएन |पूनम पनि म संग राम्ररी बोल्थी | कहिले काई कोहि नभएको बेला पनि लामो लामो गफ गरेर बस्थ्यौ | कक्षा ९ पढ्दा सम्म मलाई सबै ले राम्ररी नै चिनिसकेका थिए | पढाईमा पनि केहि राम्रो भएकाले होला कसैले म पूनम लाई मन पराउछु भन्ने संखा सम्म पनि गर्थेंन | पूनम संग पनि मेरो मित्रता राम्रै भएको थियो | एक दिन कक्षा ९ को अन्तिम त्रैमासिक परिक्षाको अन्तिम दिन हरि दौडेर मेरो अगाडी आयो | ‘ मैले नम्बर थाहा पाए नि’ उसले स्या स्या.. गर्दै भन्यो | ‘ के को अनि कति आयो ?’, मैले भने | ’मुला म पूनमको फोन नम्बर को कुरा गर्दैछु यसलाई भने एक्जाम कै चिन्ता छ |’, हरिले प्याट्ट पिठिमा हान्यो | त्यो बेला उसलाई त्यो नम्बर पूनमको साथि सिरुले दिएकी थिई | सिरु पूनम कि सबै भन्दा मिल्ने साथि थिईन | जस्तो हरि मेरो साथि थियो |

कक्षा १० मा पढ्दाको केहि महिना सम्म पनि मैले पूनम लाई कल गरेको थिईन | सदै नम्बर हेर्थे डायल गर्थ्य र कल जानु अगावै फोन रखि दिन्थ्ये | एक दिन नेपाली कक्षाको बेला हरि ले हसाउनु सम्म हसायो | ‘प्रेम’ शब्दको वाक्य बनाउ भनेर सोध्दा उसले, ’रमेश पूनमलाई प्रेम गर्छ |’ भनेर वाक्य बनायो | सबै जना हासे कक्षा भित्र हल्ला भयो | म भने रातो भए | सबै मलाई नै हेरेर हास्दै थिए | पूनम त झन् रुनु न् हास्नु भई | सरले पनि हरिलाई केहि भन्न सक्नु भएन | मात्र अलि पिटनुभो मजाक गर्छस भनेर | त्यो दिन देखि म हरि संग बोलिन र पूनम म सँग बोलिन | हरि लाई म सँग बोल्न नपाएर छटपटी हुदैथ्यो | ऊ म संग बोल्न खोज्थ्यो तर म उसलाई इग्नोर गर्थ्ये | एक दिन पूनम कोहि नभएको बेला मेरो बेन्च मा आई | ‘ रमेश तिमि हरि अंग किन बोल्दैनौ बहाना त् |’, उ सुस्तरी बोलि | ’तिमीलाई थाहा छ नि पूनम हरिले के गरेको छ भनेर अझ तिमि नै उसको साइड लिएर बोल्दै छौ |’, मैले भने |

‘ल उसले त मजाक पो गरेको, तिमि त सबै कुरो साचो भएको जस्तै गरि रिसायौ है |’ पुनमको यो भन्न साथ मनले सबै कुरा भन्दे भन्न थाल्यो तर मन भन्दा दिमाग बलियो भएर आयो र म केहि बोलिन | ‘ खुरुक्क हरि संग बोल्न थाल नत्र मा पनि तिमि संग बोल्न छाड्छु |’ यति भनेर पूनम त्यहा बाट गईन | आब हरि भित्र आयो | हरि देख्ना साथ मैले जोर जोरले मुक्का ले हान्न थाले | मनमनै खुसि पनि थिए | हरि पनि हास्न थाल्यो | त्यो दिन पूनम हरि र मेरो मित्रतामा पूनम भएर आएकी थिईन् |

 

पूनम र म बीच कुरा भएको केहि दिन पछि मैले पूनम को घर मा फोन गरे |

’हेलो, पूनमलाई पाउँ न् ‘

‘को हो तिमि ?’, उता बाट घोक्रो स्वोर सुनियो | सायद उसको दाई थिए होला |

‘म रमेश | पुनम  को साथि | हामि संगै पढ्छौ |’

‘किन फोन गरेको ? के काम थियो ? अनि कसले नम्बर दियो तिमीलाई ’ उता बाट प्रश्न हरुको त बर्षात नै हुन् थाल्यो |

म केहि बोलिन र फोन राखे | मनमनै त्यो मान्छे देखेर ऋष पनि उठ्दैथ्यो | ‘गज्जबको मान्छे रै’ छ यार फोन किन गरेको भन्छ |’, रमेश लाई म साबि कुरा भन्दै थिए | मैले यो कुरा पूनम लाई पनि भने | ऊ जोरले हासी | ’त्यो त् मेरो भाई हो | मेरो सानबुवाको छोरा | त्यसले तिमीलाई थर्कायो | ह ह हा हा ….’

कक्षा १० को पनि अन्त्य हुने समय आउदै थियो मैले भने पूनम लाई अहिले सम्म पनि आफ्नो कुरा भन्न सकेको थिएन | यस्तैमा एस एल सी को दबाब पनि आउदै थियो | मललाई भने खल्लो लाग्न थालिसकेको थियो पूनम संग को साथ् अब छुट्छ र आफ्नो कुरा पनि भन्न सक्क्दीन जस्तो लाग्दैथ्यो |

होलीको दिन थियो | हरिले पूनम लाई सबै कुरा भन्न कुरा मिलाईदिने भन्यो | केहि दिन अगाडी जीवन र मेरो भनाभन हुदा उसले पुनम  को नाम लिएर नानाथरी भनेको थियो |  पूनम ले पनि यो कुरा सुनेकी थिईन | तर त्यस पछी बिदा भएकाले पूनम संग खासै कुरा भएन | होलिको दिन थियो | आज त् सबै भन्छु भनेर सबै भेला भएको ताउमा पुगे | पूनम पनि आएकी थिइन् | पुरै रङ्ग ले भरिएकी थिईन | मलाई पुनम  ले गालामा रातो रंग दलिन | मैले पनि लगाए | ‘ हरि त आउदैन है, बिरामी परेको छ रे |’ सिरुले भंनिन | मेरो सबै सपना चक्नाचुर भयो | आजको रंग खल्लो भयो | कयौ कुरा हरु मन भित्रै रहे, दबिराहे |

होलीको केहि दिन पछी पूनम लाई फोन गरे र सबै कुरा भन्न खोजे तर उनले कुरा गर्ने मानिन |

परिक्षा पनि आयो | सबै जना पढ्न मा व्यस्त थिए | अन्तिम परिक्षाको एक दिन अगाडी  हरिले मलाई फोन गर्यो | ‘ रमेश भोलि त् पूनम लाई तिमीले सबै कुरा भन्नु पर्छ है | नत्र जिन्दगि भरि पस्ताउछौ | तिमि पढ म तिम्रो लागि लव लेटर लेखिदिन्छु है |’ मैले हुन्छ भन्दै फोन राखे | भोलि पल्ट बिहानै हरिले लेटर लगेर टोइलेट को झ्यालमा लगेर लुकायो | र मलाई एक्जाम सक्किए पछी पूनम लाई दिनु भन्यो | एक्जाम सक्कियो | म टोइलेट तिरा गए | लेटर खोजे तर त्यो त त्यहा चेक गर्न आउने हरुले फालिसकेका थिए | म हतार हतार हरि भएको ठाउमा गए | ’खै भेट्यौ ?’, हरिले सोध्यो | मैले टाउको हल्लायो | हरिले हतार हतार आफ्नो पेपर निकाल्यो पेपरको पछाडी पट्टि  उसले लेख्न थाल्यो, ‘मेरी प्यारी पूनम…..’  सक्किए पछी रातो डटपेनले मलाई मेरो नाम लेख्न लागायो र केहि चित्र पनि बनायो | पूनम त्यहि पुगी |मेरो हात मा आजको पेपर थ्यियो र त्यसमा लेखिएको थियो पूनम लाई लव लेटर | ‘खै  पेपर ल्याउ त रमेश ‘ पूनमले  मेरो हात बाट पेपर खोसी र प्रश्नहरु डिस्कस गर्न थालि | मेरो दिमाग भने ठाउमा थिएन | पूनम ले पेपर पल्टाई | मैले पूनम तिर हेर्ने सकिन | पूनम ले सबै पढी | पेपरको टुक्रा टुक्रा पारि र गह भारि आँसु लिएर मलाई एक झापड हानिन | लाजले म त्यहा बस्न सकिन | र हरि संगै उसको घर तिर लागे |

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s