चन्द्रमाको घर

रातको आलिसान आकाशमा,
आशिन चन्द्रमाको घर निकै अलौकिक छ,
उज्याला बत्तिहरुले जति सुन्दर उसको आगन छ,
उत्ति सुन्दर उसको परिधि भित्रको चमक रहेको छ,
र त्यस भित्र बसेकी चन्द्रमा,
कहिले मुस्कानको सानो टुक्रा पस्कदै जग जिस्क्याउने गर्दछे,
अनि कहिले उदांग भएर सारा सौन्दर्य छरपस्ट पार्दछे |
चन्द्रमाको घर धर्तीका जलिरहेका जीवहरुको जीवन,
र तिनका पीडाका क्रन्दनहरुलाई,
आफ्नो शितल सुधाले शान्त पर्दैछ,
र ओइलाएका आशा हरुलाई जीवन्त पर्दैछ |
आफ्ना किरणले सारा अन्धकार चिर्दैछ,
नपुगेको ठाउमा जुनकिरीको आधार लिदैछ |
त्यस्तै स्वप्नशिल रातको आशिष,
कल्कलाउने नदीहरुमा,
किर्किराउने किराहरुमा र शितका साना सिताहरुमा,
पठाउदै छ, एक स्फुर्त जग र जीवन को लागि,
एक उमंगपूर्ण नया बिहानिको लागि |
चन्द्रमाको घर बडेमानको छ,
र चन्द्रमा को मन बडेमानको छ,
कहिले जगकै लागि आफ्नो अस्मिता सुम्पिनछे,
फेरि जग कै लागि हरेक बखत उभिन्छे,
चन्द्रमाको घर धेरै पर, पर छ,
तर पनि पोषण छ, प्रेम छ र प्रभोध छ उसको,
यहि कतै मेरै वर पर ||

Advertisements

2 thoughts on “चन्द्रमाको घर

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s