निर्जीव सपनाहरु

समिर लुम्बिनी मेडिकल कलेजको गेट बाहिर बसेको थियो | केहि दिन आघि मात्र हो उसले सुरेखा को बिहे भएको सामाचार पाएको | हुन त सुरेखा र उसको सम्बन्ध सामान्य साथीको भन्दा फरक थिएन् | अहिले त बोलचाल नभएको पनि धेरै भईसकेको थियो | र बिहे हुदैछ भन्ने थाहा नपाएको पनि होईन समिरले | तर पनि मतलब गरेन | फिल्ड ट्रीपमा गएको समिर चाडै फर्केको थियो | बसोस पनि कसरी आफुले सधै भरि मनमा सिंगारेर राखेको मुर्ति चोरी भए जस्तै भयो | हुन त मन्दिरमा पाईला टेक्न नपाउने समिरको भाग्यमा सायद सुरेखालाई पुज्न पाउने अधिकार पनि दैबले दिन नचाहेको होला |
कक्षा एकमा संगै पढ्दा पहिले चोटी समिर र सुरेखाको भेट भएको थियो | रोल नम्बर संगै हुनाले दुवै को मित्रता राम्ररी झाँगिएको थियो | पढाई मा अब्बल समिर र सुरेखा बिचको यही मित्रता बिस्तारै समीरको मनमा प्रेमको प्रभात बन्न पुग्यो | सधै सानो कुरामा पनि सहयोग गर्ने यी दुइ जना एक अर्काको घर निस्फिक्र भएर जान्थ्ये | घर नजिकै थियो | स्कूल बाट घर फर्किना साथ् संगै खेल्ने घुम्ने र रमाईलो गर्ने गर्दथ्ये घर माथिको बतासे डाडाँ मा |
सधै यी दुइ बीच प्रतिस्पर्दाको भावना पनि रहन्थ्यो | तर पनि समिर नै अगाडी थियो |चित्र कोर्ने, गीत गाउने, नाच्ने र नाटक पनि गर्न सक्थ्यो समिर | उसलाई सबै सर हरु पनि माया गर्नु हुन्थ्यो | एक दिनको कुरा हो सुरेखाले भनि,’समिर तिमीमेरो साथि हो भने त मलाई पनि कहिले कसो अगाडी आउन देउ न, हा हा |’ सुरेखाले मजाक गर्दै भनेको कुरा समिरले मन देखि नै लिएछ | भोलि पल्टको एक्जाममा पास मार्क मात्र गरेर निस्केछ | पछी सुरेखाले थाहा पईछ र समिर सँग एक हफ्ता सम्म बोलिन | पछी समिर ले धेरै कर गरे पछी ऊ बोल्न थालि | तर उसले भनेकी थिई, ‘समिर तिमिले मलाई सहयोग भन्दा पनि मेरो क्षमताको खिल्ली उडेको जस्तै भयो | के म आफै केहि गर्न सक्दिन | मैले अगाडी आउन् तिमीले जानी जानी आफ्नो पेपर छोड्नुपर्ने | तिमीले मलाई एति कम्जोर सोच्यौ | तिमीमेरो मिल्ने साथि भएर पनि मलाई बुझ्न सक्दैनौ भने अरुले के सोच्छन होला |’
समिर, नटखट र चकचके थियो | सानै देखी मजाक गने, ठट्टा गर्ने गर्दथ्यो | उसले धेरै चोटी सुरेखालाई मनै देखि मनपराएको कुरा गरेको थियो तर सुरेखा सधै हासो मा उदाउथिन | ऊ फेरि, ‘होईन, साच्चै भनेको’, भन्दै हस्थ्यो | समिरलाई सुरेखालाई आफ्नो मनको कुरा राख्ने हिम्मत कहिले पनि आएन | संगै हुदा त् आउदै आएन | पछी त समिर काठमाडौँ लाग्यो र सुरेखा मेडिकल पढ्ने तयारी गर्न थालि |
समिरले इन्जिनीयरिंग पढ्न थाल्यो | र सुरेखाले लुम्बिनी मेडिकल कलेजमा भर्ना पाई र एम. बि. बि. एस गर्न थालि | अब सुरेखा र समीरको भेट कम हुदै गयो | कहिले कहिले घर गएको बेला बाहेक अरु बेला मात्र फोनमा सम्पर्क हुन्थ्यो | दुवै आफ्नै दुनियामा भुल्न थाले | तर समीरको मनमा अझै पनि सुरेखा कोरिएकी थिईन | उसले कहिले कहिले कोर्ने हरेक चित्र हरुमा सुरेखाको अवशेष राखेकै हुन्थ्यो | उसका हरेक कुराहरुमा सुरेखाको पनि स्थान हुन्थ्यो |
फेसबुक मा च्याट हुदा समेत समिरले कयौ पटक सुरेखालाई आफ्नो प्रस्ताब राखेको थियो तर ति सब कुरा सुरेखा सधै हासोमा उडाईदिन्थी | फोनमा घन्टौ कुरा गर्दा पनि समीरको चित्त बुझ्थ्येन | ति दुवै जना रात रात भरी कुरा गर्थे |
इन्जिनीयरिंगको तेस्रो बर्ष तिर पुग्दा एक दिन समिरले सुरेखालाई फोन गर्यो | सधै झैँ कुरा हुदै थियो समिरले फेरि त्यहि कुरा दोहोरियो | सुरेखाले समिरबाट सधै यहि कुरा सुन्दा सुन्दै उसलाई पनि शंखा लागिसकेको थियो कि कतै समिले साच्चै उसलाई मंपराउछ कि भनेर | सुरेखाले राम्ररी सोधी, ‘ समिर तिमी मजाकलाई एकछिन पर राखेर भन, के तिमीमलाई साच्चै मनपराउछौ ?’
‘मन पराउछु, कहिले देखि हो मलाई सम्झना छैन, तर सायद जहिले देखि तिमीर म संगै थियौ त्यहि बेला देखि |’, समिरले सिरिअस भएर भन्यो | सुरेखा झसंग भई | उसको शरीरमा कम्पन आउँ थाल्यो | मुख रातो भयो | डर र लाजले आँखा सबै छोपीयो | मुख सुक्यो | केहि बोल्न सकिन | केहि भन्न्न खोज्दै थिई तर सकिन | उसले फोन राखी | उ आफ्नो बिस्तारामा गई र सुति | अथवा सुत्न खोजि |
समिर मनमनै हलुका भयो | मानौ बर्सौ देखि को बोझ हटे जस्तो | तर डर र भयले उसलाई पनि छाडेन |अब सायद सुरेखा कहिले पनि बोल्दिन् होला, उसको चित्त दुखाए मैले … यस्तै यस्तै कुरा सोच्दै निदाएछ |
धेरै पछी दशैको छुट्टीमा घर आएको बेला सुरेखाले समिरलाई घरमा बोलाई | घरमा सुरेखाका बुवा बिहानको पाठ गर्दै थिए | एकछिन पछि सुरेखा का बुवा बाहिर आए | पिढीमा समिर बसेको ठाउँ भन्दा अलि परै तिर बाट उनि बाहिर निस्के | ‘ के छ बाबु ? पढाई कत्तिको बाकी छ त् ? ’ , सुरेखाका बुवाले सोधे | ‘अ, अंकल अब थोरै बाकि छ, दुइ सेमेस्टर जति |’, समिरले उत्तर दिए | ‘बा, हामी केहि माथि तिर घुम्न जान्छौ है |खाना खाने बेला सम्म आइपुग्छु |’ , सुरेखाले बुवासँग अनुमति मागी र समिरसंगै बतासे डाडाँ तिर लागि |
माथि पुग्ना साथ दुवै जान एक ठाउमा बसे | तर कुरा कसैले सुरु गरेन | केवल सिरिरी हावा चलेको थियो | त्यो शान्ति भंग गर्ने दुस्साहस केवल प्रकृतिले मात्र गर्न सक्यो | धेरै बेरको अन्तर्द्वंद पछी सुरेखाले मुख खोलिन | ‘तिम्रो नाम भन त् ?’, सुरेखाले भनि | समिर एकछिन हस्यो | ‘तिमीले त मेरो नाम पनि भुलेछौ है |’, समिरले हसेरै भन्यो | ‘मजाक होईन ! तिम्रो नाम भन त ?’, सुरेखाले फेरि सोधी |
‘समिर’, समीरको मुहारमा अनुत्तरित कयौ प्रश्न हरु एकै चोटी देखिए |
‘समिर .. के ?’, सुरेखा को प्रश्नले समीरको मन च्यात्तीन थल्यो | बतासले कट्कटी मन् खान | जोरले चिच्याउन मन लाग्यो उसलाई तर पनि चिच्याउन सकेन | त्यसैले उसका मनोकृतिका एक एक ईट्टा झर्न थाले, भात्क्किन थाले | ऊ लाचार थियो | केहि गर्न सक्थेन् |
‘समिर….’ , आँखामा आँसुको पर्दा लागेको थियो | मुटुको बोल्ने साहस खोसिएको थियो | केहि बोल्न सकेन यो भन्दा अगाडी |
सुरेखाले भनि,  ‘हो अनि….. | थाहा छ नि तिमी र म बीचको भिन्नता ? हो, तिमी पनि पढेका छौ र मलाई पनि थाहा छ सामाजिक कुरीति र भेदभाव | तर पनि जीवन दिने र जिउन सिकाउनेलाइ के मेरो विवेक र ज्ञान भन्दा पनि सानो स्थान दिउ ?  के तिम्रो आग्रहलाई स्वीकार गरि तिमी एक को लागि म अनेको मन मारु ? के बिवाह र प्रेमी प्रेमिका बनेर मात्र प्रेमले स्वर्गदिप जलाउन सक्छ ? के हामी बिचको आत्मिएता प्रस्ताब स्विकार्नु र नस्वीकार्नुमा मात्र सिमित छ ? ’
सुरेखा रोदन भरिएको आवाजमा मन भरि का कुरा पोख्दै जान्छे, ‘ हेर समिर तिम्रो मनमा म प्रति जस्तो भावना छ सायद मेरो मन मा पनि त्यस्तै भावना भएको भए के गर्थ्ये त्यो मलाई पनि थाहा छैन | तर म तिम्रो साथि मात्र हो | मिल्ने साथि | त्यो भन्दा बेगरको सम्बन्ध बनाउन म असमर्थ छु | मेरो भविष्य र मेरो परिवार मलाई प्यारो छ | अनि तिम्रो मित्रता, हाम्रो बालापन देखिको मित्रता जस्तो थियो त्यस्तै होस् भन्ने चाहन्छु | त्यो भन्दा बढी म केहि गर्न सक्दिन | म न समाज सँग लड्न सक्छु न त नै मेरो परिवार सँग | हामी जुन स्तिथिमा छौ, त्यहि बिराम लगाऔ | ’
समिर केहि बोल्न सकेन | एकछिन दुवै जना चुप लागे | बतासे डाडाँ मा चलेको हावाले समिरका आँखा सुकाउदै थियो | डाडाँ मा रहेका बुट्यान र बिरुमा हावाको बेग संगै झुल्दै थिए | मानौ कुनै किसिमको आरोग्य प्राप्त भए जस्तै | सुर्यले पनि आफ्नो न्यानो लिएर संसार रुपी बजारमा बिस्कुन लगाएको थियो | शब्दहरु उसको मनमा अंकुरित हुन् पाएनन् | उसको मन ढुंगा भैसकेको थियो | ऊ खुसी नै थियो | अथवा खुसि हुने प्रयास गर्दै थियो | किन कि प्रेम सामिप्य र समयले पनि निर्धारण गर्छ | त्यो सामिप्य र समय धेरै पहिल्यै गुज्रिसकेको थियो | त्यहाँ त समिर मात्र थियो | जसको मनको चित्रकारले आफ्ना क्यानभास रित्तो परेका थिए | अनि कयौ सपनाहरु निर्जीव भएका थिए ,ओईलाएका थिए |

समिर गेट बाहिर बाटै गयो | सुरेखालाई नभेटी समिर फेरी आफ्नो कार्य थलोतिर लग्यो, आफ्ना सजीव सपना पुरा गर्न |

Advertisements

12 thoughts on “निर्जीव सपनाहरु

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s