आत्महत्या

धेरै दिन देखि सोचिरहेको थिए | तर हिम्मत भने आएको थिएन | त्यो दिन त दृढ निर्णय नै गरे | अरु उपाय सम्भव जस्तो लागेन | त्यो ठाउको सबै भन्दा अग्लो बिल्डिंग नजिकैको मल थियो | सांझ त्यसैको छतमा गए | सुरुमा त त्यहाको पालेले जान दिएको थिएन तर पछी फोटो खिच्न जाने हो भनेर फकाए पछि जान दियो | छतको छेउमा गए | तल हेर्दै खुट्टा कापेर आयो | जुटाएको हिम्मत सबै हावामा फुर्रर भएर उड्यो | धेरै दिनदेखिको सनक खै त्यसै गायब भयो | भो अब त फर्किन्छु भनेर सोच्दै थिए, एक्कासि पछाडी बाट पाले जोरले करायो , ‘ ए !! ए भाई के गर्न ला’को ?!?!!, चाडै तल झर त् त्यो छेउ बाट!!!’ म निकै आत्तिए | यत्तिकैमा एकछिन सबै तिर अन्धकार छायो | म बेहोस भएको थिए जस्तो लाग्यो | एकछिन पछि केहि छिनको लागि असह्य पिडा भयो | तर केहि बेरमै हराएर गयो |

मलाई होस आयो | शरीर मा कुनै चोट थिएन | म सकुशल थिए | हात खुट्टा जस्ताको त्यस्तै थियो | मानिस हरु मलाई नै हेरिरहेका थिए | म सबैले बोलेको सुन्दै थिए | त्यहा पुलिस पनि आएको रहेछ | अनि म उभिएको ठाउमा रगत पनि थियो | मलाई आश्चर्य लाग्यो | कुनै चोट थिएन् तर पनि त्यहा रगत थियो | मैले पुलिसको भ्यान तिर हेरे कसैको लास लग्दै थिए | हतार हतार त्यहा पुगे | त्यो मै थिए | मैले सबैको अनुहारमा हेरे | केहीलाई प्रश्न सोधे, तर मलाई कसैले सुनेन | ‘कस्तो कायर रहेछ!’, एक जना मानिसले भन्दै थियो |उसले मनमा सोचेको पनि सुन्दै थिए म | मेरो मृत्यु भएको रहेछ | जोर जोर ले रुन खोजे तर रुन नै सकिन | पिडा मात्र हुन् थाल्यो | आँसुको थोपा पनि झरेन | भावाना मात्र बाकि थिए तर व्यक्त गर्ने माध्यम नै थिएन् | त्यसैले पुरै शरीर आगोमा राखेर पोलेको जस्तो अनुभव हुदै थियो |

म जोरले कराए, ‘ सुन्नुस त !!! कोहि त् मेरो आवाज सुन | म कायर होईन | म कायर होईन मात्र समय मेरो थिएन | म हारीसकेको थिए |’ म चिच्याउदै थिए | तर पनि कसैले सुनेको जस्तो लागेन | यत्तिकैमा एक जना बुढा मेरो छेउ आए | उनले मेरो टाउकोमा हात राखेर सुम्सुम्याए र भने, ‘ के भो बाबु किन यति पिडा मा हो तिमी ? किन रोएको ? किन कराएको ?’ म डराएर पर गए | ति बुढा मेरै नजिक आए | ‘भुत !! भुत !! भुत !!’, म अझ भाग्दै गए | ति बुढा म संगै भाग्न थाले | केहि बेर पछि मैले हार माने र एक ठाउमा बसे | ति बुढा मेरै नजिक आए | ‘किन भागेको बाबु तिमी र म त उस्तै हौ नि होईन र? किन डराएको ?’, मेरै नजिक बसेर ति बुढा मलाई सम्झाउन थाले | ‘ यहा आए पछि त सबै बराबर, कसै संग भाग्नु पर्दैन मात्र आफ्नो कर्म संग भाग्नुपर्छ |तिमी पनि आत्मा म पनि आत्मा अनि किन डराउनु | बरु कसरी एता पुग्यौ यस्तो अल्पायु मै ?’ बल्ल म केहि शान्त भएको थिए | ‘मेरै कर्मले आए, मेरै सोचले आए बा | कस्तो कायर रहेछु | सास छंजेल केहि त गरिन्थ्यो नि | नसके नि गर्न कोसिस गरेकोमा आत्मसन्तुष्टि त हुन्थ्यो नि | बेकारमा प्रयासका खुट्किला नै नचढी अनेक सम्भावनाको बिरासत बिसर्जन गरे |’

म भन्दै गए , ‘सबै कुरा पुगेकै थियो | स्वेतालाई औधी नै प्रेम गर्थे | स्वेता मेरी श्रीमतीको नाम हो | दुई बर्षको प्रेम पछी हामीले बिवहा गरेका थियौ | सबै जना खुसि नै थिए | परिवारको स्वीकृतिले गरिएको बिवहा थियो | सबै राम्रै चल्दै थियो | स्वेता र म अत्ति नै खुसि थियौ | हामी कोटेश्वरमा कोठा लिएर बसेका थियौ | मेरो जागिर राम्रै बैंकमा थियो | तलब पनि राम्रो थियो | स्वेताको फाईनल ईयर थियो इन्जिनियरिंगको | एक दिन स्वेताले आफ्नो स्नातक सकेर अरु पढाईको लागि विदेश जाने कुरा गरिन | मैले हुदैन भने | बरु यतै बसेर केहि गर्न भने | तर उसले जिद्दी गर्न थालिन | त्यो दिन देखि हामी बीच बोलचाल कम हुन् थाल्यो |सधै झगडा हुन थाल्यो | र एक दिन त उसले ड़िवोर्स नै मागी | मैले केहि सोच्न सकिन | मैले पनि हुन्छ भने? | हामी बीच ड़िवोर्स हुने भयो | मलाई रातदिन छटपटी हुन् थाल्यो | सोच्ने शक्ति नै हराउन थाल्यो | खान मन नलाग्ने, राम्ररी निन्द्रा नलाग्ने हुन थाल्यो | मैले कोठामा जानै छोडीदिए | र मनमा आत्महत्याको सोच आउन थाल्यो | त्यै भएर त्यो मलमा गएको | अहिले तपाई संग छु | भोलि हाम्रो ड़िवोर्सको अन्तिम प्रकृया छ |’

बुढाले सबै कुरा सुने र टाउकोमा हात राख्दै भने ‘ धत् लाटा एस्तो गर्न हुन्थ्यो त | आफ्नो घरको बारेमा सोच त अनि आफ्ना बा, आमा, दाजु, बहिनी सबै को हालत के होला | तिमी त स्वार्थि भयौ है बाबु | अनि तिम्रो उमेर कति हो ?’ ‘२९ बर्ष’ मैले लामो सुसेली संगै भने | ‘मलाई हेर, उमेर भएको भए अझै बाच्थ्ये | घरमा दुई छोरा थिए | अनि नाति नातिना हरु पनि थिए | कस्तो रमाईलो थियो | हो शरीरले दुख दिए पनि त्यो खुसिले मेरो दुखाई सबै निको पर्थ्यो | कहिले काई झगडा पनि हुन्थ्यो | तर, ति कुरा सम्झेरै पछि मजाले हासिन्थ्यो | तर के गर्नु, बोलाईहाले भगवानले मलाई |’ बुढाले दुख मान्दै भने |

मलाई एक चोटी घर जाने बिचार आयो | ‘बा, घर जान के गर्ने ? अब त् आत्मा भईयो उड्न पनि सकिन्छ त् ?’, मैले बुढालाई सोधे | ‘हा हा, सकिन्छ सकिन त तर त्यसको एउटा बिधि छ |’ बुढाले मलाई सबै कुरा सिकाए | म सरर उडेर घर पुगे | घर पुगे पछी त् मलाई थेग्नै नसकिने पिडा भयो | बा रोईरहेका थिए | आमा मुर्छा परेको हुनुहुन्थ्यो | स्वेता पनि त्यहि थिई | उ त झन् असह्य पिडामा थिई | सबै दोष आफ्नै हो भन्दै रुदै थिई | मलाई सारै नरमाईलो लाग्यो | उसलाई समाल्ने थिए तर म त्यो पनि गर्न असमर्थ थिए | ‘मैले गर्दा कति धेरै जनाले दुख पाउनु पर्यो | धिक्कार छ मलाई |’, मलाई आत्मग्लानी भयो | ‘देख्यौ तिमीले कति जनाको खुसि खोस्यौ!’, ति बुढा पनि मेरै पछी आएका रहेछन | केहि बेरमा मेरो लास ल्याईयो | अनि त्यहाँ राखियो | अनि घाट लाग्ने तयारी भयो | त्यो दृश्य अत्ति नै दर्दनाक थियो | छोराले काध दिने ठाउमा बाले काध दिदै थिए | केहि समय पछि लास घाट पुगाए | दाजुले दागबत्ती दिए | मेरो शरीर पोल्न थाल्यो आगोले | मेरो आत्मा पनि पोलेको अनुभव हुन् थाल्यो | ‘ के भो बा यस्तो? मेरो त् पुरै आत्मा नै पोल्दै छ त् | असह्या पिडा हुन् थाल्यो |’ मैले छटपटीदै ति बुढालाई सोधे | ‘यो त तिम्रो कर्मको फल हो सबैलाई रुवाएर कुनै राम्रो कर्म नगरी भगवानको सुन्दर कल्पना , तिम्रो जीवन , तुच्छ सम्झेर फालेकाले एस्तो हुदैछ | यो त अब सहनु नै पर्छ | यो त सुरुवात मात्र हो |’ ति बुढाले मेरो कुकृत्य प्रति व्यंग्य गर्दै भने |’ हेर मलाई त् केहि भएन | मलाई त हरेक सुबिधा पनि मिल्छ यो लोक मा | केहि दिन घुम्न आएको हो म त यो ठाउ, नत्र त् स्वर्गमा छ घर त् मेरो | आफ्नो जीवन संग संगर्ष गरेर राम्रो कार्य गर्नेले एस्तो पिडा सहनु पर्दैन | तर तिमीले त अब तिम्रो लागि पहिला छुट्ट्याएर राखेको जीवन नसकिन्जेल यस्तै पीडाहरु सहनुपर्छ |’, बुढा जोरले हासे र त्यहा बाट गाएब भए |

‘ए बा कता गएको, मलाई एक्लै छोडेर, अब को संग बोल्ने, कोसंग पिडा बाढ्ने? ए बा , ए बा ??!!’, ति बुढाले मेरो कुरा सुनेनन् | मलाई अझै पोल्दै थियो | भत्भती हुदै थियो पुरै आत्मा | एक चोटी मात्र फर्किन पाए त भनेर सोच्न थाले तर त्यो असम्भव थियो | मलाई सबै का मुहार झल्झली याद आउन थाले| आफै देखि ग्लानि महसुस हुनथाल्यो | शरीर त पसिना पसिना हुनथाल्यो | बेसरी तातो अनुभव हुनथाल्यो | एक्कासी हातको औला खरानी नै भए जस्तो भयो | ‘ऐया !!!’, म जोरले कराए |

म बिस्तरामा थिए | झ्यालको सबै पर्दा साथीले खोलेको रहेछ | घाम पुरै ओछ्यानमा परेको थियो | गर्मीको महिना थियो | ‘चिया खादैनस ? अनि अदालत पनि त जानु छ |’ , विवेकले मेरो हातमा चियाको गिलास समायो |विवेक मेरो सहकर्मी मित्र थियो | हामी संगै काम गर्थ्यौ र मिल्ने साथि पनि थियौ | ‘चियाको गिलासले काम गर्यो | अघि देखि के के गरेर उठाउने प्रयास गर्दै थिए | तातो चियाको गिलास हातमा राखे अनि उठिस|’ टाउको रन्न रनकिदै थियो | ‘विवेक तँ पनि यहा | किन गरिस यार यो उमेरमा आत्महत्या | म त यहा पश्चातापमा पिल्सिएछु |’ मेरो कुरा सकिन नपाउदै विवेकले मलाई भन्यो,’ हैन के कुरा गर्छ यो | चाडो उठ | के आत्महत्या,.. आत्महत्या गर्छ | रात भरि पनि के के बोलिराको थियो सुत्न दिएन | के भयो, स्वेता सँग कुरा मुल्छ भने एक चोटी कुरा गर | यसरी इगो लिएर घर चल्दैन |’ ‘म जिउदै छु विवेक?’, मैले झटपट बिस्तारा बाट उठ्दै भने | विवेक अकमक्क पर्यो | लामो सांस फेरे | भगवान लाई धन्यावाद दिए र आफ्नो कोठा तिर गए |

स्वेताले ढोका खोलिन | उ तयार भैसकेकी थिइ | उसको अनुहार मलिन थियो | यो सबको कारण मैले आफैलाई सोचे | ‘स्वेता मलाई माफ गर | मेरो ईगोले गर्दा हामी बीच कत्रो ठुलो खाडल पर्यो | मैले तिमीलाई बुझ्न सकिन | हाम्रो सम्बन्धले गर्दा पुरै परिवारलाई दुखः भयो | आई एम सरि !’, मैले केहि पनि अबेर नगरी ऊ संग माफी मागे | ‘ स्वेता रुन थाली | ‘ होईन तिमी मलाई माफ गर | मैले भन्न मात्र नसकेको | मेरो जिद्दीको लागि कति धेरैको मन दुखाए | मलाई तिमी संग बोल्न छोडेदेखी सधै एक्लोपनको महसुस भयो | मैले भन्न मात्र नसकेकी हु | माफी त मैले माग्नुपर्थ्यो | सरि , हाउ डु आई एक्सप्लेन् हाउ मच आई लभ यु |’, स्वेता पनि त्यहि पश्चातापमा थिईन | उनि दौडेर मेरो तर्फ आईन् र मलाई जोरले अंगाल्दै रुन थालिन |

म बाँचेर आएको थिए | वा भनौ, त्यो मेरो नयाँ जन्म थियो जस्तो लाग्दै थियो | अब देखि समस्या संग कहिल्यै नहार्ने बाचा गरे त्यस् दिन | पछि मैले त्यो सपना को बारेमा स्वेतालाई पनि भने | हामी बीच पछी पनि झगडा हुन्थ्ये तर मैले ति सबै नराम्रो सपना भनेर बिर्सिदिन्थ्ये |जीवन जितेर संसारमा आएको मानिसले सामान्य समस्या संग किन हारोस र |

 

Advertisements

7 thoughts on “आत्महत्या

  1. : )

    First ma suspense . very interesting. jaba hospital ma uthxa n thinks he is fine.

    Second, wen he realises pain more than death.

    Third ma, he gets up from sleep ( dramatic! but good vibes! and positivity should win in any story)
    ,
    Fourth, I loved this so so much. jaba he does not believe that he was alive : ) happy and shocked. :p funny scene also.

    ani last,
    Happy ending. love wins. Nice.

    U r beautiful stories always. I am amazed. : )

    Write in English also, stories. May be u can write good plays too.

    🙂

    take care dear

    1. my stories go random, without planning,
      I tried once writing in english ‘Pooma’ [somewhere in the blog] but I couldn’t find proper climax. You can read that too 😉

      love your support, always thank YOU
      be happy

  2. And you kno!

    I think, सबै मान्छेको जीवनमा त्यो पल आउछ नै । wen they give up. I don’t kno why,! but most of peopl I hear, they had those moments.

    But u see!
    Time heals everything !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s