​अर्जुन बुद्ध बन्नु थियो !

​अर्जुन बुद्ध बन्नु थियो !

हो, अर्जुन बुद्ध बन्नु थियो,

उनले बेहिसाबले छोडेका तिरहरु,

रोकिनु थियो, छेकिनु थियो र छल्ल्लिनु थियो,

किन कि उनको ईतिहास ले भ्रमित गर्दछ,

उनले बुझेको धर्म ले पनि अधर्म गर्दछ,

उनले बुझाएको धर्मले परिवर्तनको खतरनाक प्रतिबिम्ब देखाउछ,

अनि उनका कर्मलाई पनि धर्म भन्ने महाभारत

पक्षपातको उदाङ्ग तस्बिर चित्रण गर्दछ,

हो अर्जुन बुद्ध बन्नु थियो,

पारिवारिक कलहको बिषले निस्सासिएको सम्बन्ध,

सुधार्नु थियो केहि गरि,

छोड्नु थियो केहि कुराहरु,

आफ्ना, घमण्ड, र केहि अरुहरु,

धर्ती र सारा मानवको बिनास रोक्नु थियो,

विजय र पराजयको नया परिचय दिनु थियो,

दिईनु थियो भविष्यलाई,

धर्मका निम्ति कर्म र कर्म सत्कर्म हुनुपर्ने गाथा रचिनु थियो,

तर रक्ताम्य धर्तिको छातीमा बिजयको झण्डा लहराउने,

उनको अद्म्म्य साहासले आदिम सभ्यताको असभ्य गन्ध दिन्छ,

जहाँ कुरीतिका फूल हरु रोपिन्छन र क़ाडा फलाउने आभ्यास गरिन्छ,

हो, त्यहाँ उनले बुद्ध बन्नु थियो !!

मानब कंकालमा सभ्यता बदल्न,

र रगतको सातहमा नयाँ समय लाद्न खोज्नेहरु,

अनि कलिका हली बनेका सर्पहरु,

सायद उनको गहिरो धर्मको कुरा बुझ्दैनन्,

मात्र उनि बुद्ध बनेको भए,

मात्र उनले बाटो फेरेको भए,

उनले बुद्ध बनेको भए !!
(यो कविता डिसेम्बर ३० म फेसबुक मा पोस्ट गरेको थिए । त्यस को केहि हफ्ता पछी , दुई दिन अघि जति, मैले बि.पि. कोइराला को ‘मोदि आइन’ पढ्ने मौका पाए , संयोग मान्नुपर्छ विषय बस्तु मेल खान गयो !)

Advertisements

6 thoughts on “​अर्जुन बुद्ध बन्नु थियो !

  1. सिद्धार्थ बुद्ध बने किनकि उनका सारथि उनीभन्दा बाठा थिएनन्, उनलाई रोक्न सकेनन् । अर्जुन बुद्ध बन्न सकेनन् किनकि उनका सारथि उनीभन्दा बाठा थिए, रोकिदिए ।

    1. हो, देवत्व को लोभ मा मानवता नै बिर्साइदिए, बाठा कृष्णले, सायद आफ्नो अवतार सुरक्षित गरेका होलान् ! 😃

  2. अधर्म माथी धर्मको बिजय निस्चित हुन्छ, हुन्थ्यो, हुनेगर्थ्यो । आजभोलि नहुन नि सक्छ :प

    हो! अधर्मलाई पराजित गर्न , अधर्मको पथ नै अपनाएको थियो ।
    धर्मको पथ अपनाउन सकेको भए पो ठुलो कुरा हुन्थ्यो ।

    कृष्ण भगवान भयेर पनि दोषी नै छन ।

      1. संसार यस्तै यस्तै बिषय ले बनेको छ, गीता ग्यान सुन्दर छ तर पनि हरेक को बुझाई फरक छ |
        त्यसैले नै बिकाश र बिनास संगै छ |
        युटोपिया को कल्पाना मात्र हो यो कविता |

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s