​प्र्याक्टिकली पोसिबल लभ

‘ रमेश मलाई यो नम्बरमा कल गर है |’, मेरो मोबाइलमा एसएमएस आएको थियो | कसको हो थाहा भएन, त्यो नम्बर मेरो फोनमा सेभ थिएन | मैले कल पनि गरिन | अफिस बाट फर्किदा आएको त्यो मेसेज फेरी आयो | म घर पुगिसकेको थिए | मैले पनि मेसेज नै गरे, ‘ काम भए आफै गर्नुस हजुर! जान पहिचान छैन कसरि कल गर्नु !?’ एक छिन् पछि अर्को मेसेज आएकाले मोबाईल टिंग! बज्यो | ‘त्यो सब त कुरा गरे पछि भैहाल्छ नि |’, यो रिप्लाई आएको एकछिनमा मैले कल गरे |
‘हेलो, को बोल्नु भएको होला? मैले त् चिनिन नि हजुर लाई ?’, कुन चाहिले उल्लु बनाउदै छ जस्तो लाग्दै थियो |

‘ रमेश आराम छौ? म पूनम क्या |’

‘ पूनम?? हेलो, तिमी को हो भन त, किन मजाक गरेको! मलाई एस्तो मजाक मन पर्दैन है |’,

‘होईन के रमेश, म पूनम नै हो | बानेश्वोर को रेस्टुरेन्ट … पानि परेको बेला … याद छ नि |’

अब भने उ पूनम नै हुनुपर्छ भनेर ढुक्क भए | यो कुरा हामी लाई मात्र थाहा थियो |

‘सरि है पूनम’, मैले आत्तिएर भनिहाले |

‘हैन मैले नै तिमीलाई मेरो नाम भन्नुपर्थ्यो पहिला नै’

मैले भनेको उसले बुझिन क्यारे |

‘होईन पूनम त्यो दिन रेस्टुरेन्टमा जे भयो त्यसको लागि आई एम वेरी सरि | मैले तिमीलाई धेरै पहिले देखि माफी माग्न खोजेको हो तर तिमी संग कन्ट्याक्ट नै हुन सकेन | म बाट त्यो सब अन्जानमा हुन् पुग्यो |’, मैले सबै कुरा एकै सास मा भने |

ऊ एक छिन केहि बोलिन | सायद उसलाई मैले पुरानो कुरा सम्झाएर चोट पुगेको होला |

‘हेलो, हेलो पूनम?’

‘ह्या त्यो पुरानो कुरा छाडिदेउ, तिमीलाई पनि के थाहा थियो र जानी जानी त भएको होईन क्यारे | अ, सुनन, मैले गेट टुगेदर ओर्गनाईज गर्ने बिचार गरेकी छु | भेट्ने हो?’,  धेरै समय देखि यही सानो कुराले म आफुलाई दोषी ठन्थे  आज उसले माफ गरे भने पछि खुसि महसुस भयो |

‘हुन्छ, आई एम अल्वेज रेडी | कता गर्ने हो? अनि कसलाई बोलायौ अरु ?’

‘आउने सनिबार त्यहि रेस्टुरेन्टमा भेटन है, एट एलेवेन एम है ‘, उसले धेरै कुरा भनिन |

‘ओके’

‘ल है त आउनु जसरि भए पनि, अहिलेलाई फोन राख्छु | आई विल कल यु लेटर ‘, यो भनेर उसले फोन राखी |

म अझै सक मा थिए | आज पूनम ले मलाई कल गरेकी थिई | मैले सबै पुरानो कुरा सम्झे | स्कूल देखिका सबै कुरा | होलीको कुरा अनि रेस्टुरेन्टमा मा भएको कुरा पनि | अनि आज त् झन् पूनम ले नै फोन गरेकी थिई |

सपना बुन्ने काम फेरी सुरु भो | मन त् हो आँखिर, जुन कुरा पाउन मुस्किल हुन्छ त्यसै को पछी पछी दगुर्छ, जहाँ नजा भन्यो त्यहिँ जान्छ | कसले रोक्न सकोस |

शनिबार म बिहानै सैलूनमा गए चट्ट कपाल मिलाएर कोठामा फर्किए | नुहाइधुवाइ गरेर तयार भए | त्यस पछी म बानेश्वोर तिर लागे | त्यहि रेस्टुरेन्टमा गए | कोहि पनि आएको थिएन | एघार बजिसकेको थियो | म पहिला बसेकै टेबुलमा गएर बसे | करिब एक घण्टा पछी पूनम आई |

‘सरि है कस्तो धेरै जाम छ आज |’ हातमा समातेको हेल्मेट टेबुलमा राख्दै उसले भनि |

‘हाई, हाव आर यु ? तिमी त झन् सुन्दर भैछेउ |’,

म तिर हेर्दै उसले आफ्ना सबै मिलेका दातहरुको एक झल्को दिईन् | ‘हा हा, अनि तिमी पनि कम्ता हेन्डसम छैनौ | कि मलाई भेट्न भनेर भा’को !’

‘हा हा … त्यस्तै सम्झ, अनि खै त अरु आएका छैनन् त् ? अरु कसलाई बोलाको तिमीले ?’, मैले कुराको सुरुवात गर्न खोजे |

‘ तिमीलाई मात्र , किन दुई जनाको गेट टुगेदर हुदैन र | तिमी त् झन् खुसि हुनु पर्ने, केटीले एक्लै भेट्न बोलाएकी छ, ह हा हा … |’

‘के हो कहिल्यै नपलाएको प्रेम पलाएर आयो कि क्या हो तिमी भित्र | आज खुब फर्ममा छौ | कति मजाक गरेको |’

ऊ केहि बोलिन | मेरो कुरा नसुने झैँ गरि वेटरलाई बोलाई | वेटरले मेनु कार्ड ल्याएर आयो | उसले सबै पेज हेरिन | ‘यत्रो मेनु छ हेर आँखा भने म:म र चाउमिनमा मात्र जान्छ |’

मैले समर्थन मा टाउको मात्र हल्लाए |

‘दाई मलाई एउटा ब्ल्याक कफी र ब्ल्याक फरेस्ट पेस्ट्रिज | अनि तिमी के लिने रमेश?’

‘सबै ब्ल्याक कुरा चुज गर्यौ, म जस्तो ब्ल्याक लाई चाहि रिजेक्ट गर्ने है |’ एस्तो भन्दा बेटर अलि मुस्कुराएको थियो | हास्न मिल्ने भए उ रुने गरि हस्थ्यो होला लाग्दै’थ्यो | ‘ मेरो लागि ब्ल्याक टि र … भो पछि भनुला, अहिले लाई यत्ति ल्याउनुस |’

अघिको कुराले पूनम शान्त थिई | रेस्टुरेन्टको गुनगुन बाहेक एक किसिमको शान्ति थियो | त्यो टेबुल छेउको झ्याल बाट देखिने गमलाहरुमा मुना पलाएका थिए | बसन्त ऋतु आएको थियो | केहि गुलाब हरु खेल्दै थिए पवन संगै अनि केहि धुलोको मलमल भित्र गुम्सिएका थिए | त्यो बातावरण हेर्दा जो सुकै लाई पनि त्यहा प्रेम हुन्थ्यो जस्तो थियो | अनि रेस्टुरेन्टको सजावट पनि हुदै थियो |

बेटरले उसको ऑडर ल्यायो | मेरो पनि संगै ल्यायो |

‘अनि अरु सुनाउ कहाँ थियौ तिमी, गायब नै भएर | फेसबुकमा नि ब्लक गर्यौ, नम्बर नि चेन्ज गरेर |’

‘अँ, त्यस्तै यतै थिए | केहि टेन्सन थियो | अई वज इन डिप्रेसन | धेरै कुरा भए म संग | कसै संग भेट्न कुनै नया कुरा नै भएन | समस्या नै समस्याको दलदलमा भास्सिदै गए | अनि पछि फोटोग्राफी कोर्ष गरे | आई थिंक आई एम मच बेटर नाउ |’

मलाई उसको कुरा थाहा त् थियो तर मैले त्यो कुरा त्यहा व्यक्त गरिन | उसलाई चोट पुग्ने कुरामा म सजक थिए |

‘क्यामेरा झुण्ड्याएर आफूलाई फोटोग्राफर भन्ने र केहि शब्द लेखेर लेखक भन्ने हरुको बिगबिगी छ आजकल |’, म जोरले हासे | सायद उसलाई मेरो मजाक मनपरेन |

‘सो, मैले तिमीलाई पहिला गरेको कुरा अहिले फेरी गरे भने तिम्रो जवाफ के हुन्थ्यो |’, मैले हासेरै सोधे मजाकिया तवरले |

‘हुन्छ, अहिले नै जाउ, टिका टालो नि गरि हालौ | कुन मन्दिरमा जाने हो |’, ऊ जोरले चिच्याउदै हास्न थालि | सबैले एकचोटी हामी तिर हेरे ऊ अलि सजक भई |

मैले मुस्कुराउनु सिवाय केहि बोल्ने आँट गरिन |

‘भाई’ उसले बेटर लाई बोलाई | अघिकै बेटर आयो | ऊ फेरी हासी | ’भाई बोलाको दाई पो आउनुभो, हि हि हि … एउटा ब्ल्याक चुरोट ल्याउनुस न’

तातो चियाको पुरै घुट्कोले मुख पोल्यो | मैले उसलाई हेरे | उसले आफ्ना आखिभौ तन्काई | ‘के भो, मैले के पाप गरे र तिमी त्यसरी हेर्दै छौ |’

‘केहि होईन, त्यत्तिकै तिमी धेरै चेन्ज भैसकेछौ |’ रेस्टुरेन्ट त्यहि थियो, टेबुल त्यहि थियो, म पनि त्यहि थिए | मात्र उ त्यहा थिईन, मैले चिनेकी, मैले प्रेम गरेकी पूनम |

‘अनि तिमी जस्ताको त्यस्तै छौ | सायद तिमी जस्तो संसार हुने भैदिएको भए | यो संसार जस्ताको त्यस्तै हुन्थ्यो | परिवर्तन त जीवन हो, होईन र ? तिमी त् इन्जीनियर धेरै थाहा हुनुपर्ने |’ उसले व्यङ्ग्य मिस्रित जवाफ फर्काई |

‘ हो तर परिवर्तन कुन मईनेमा हुनुपर्छ त्यसमा फरक पर्छ |’

‘ भने पछी, चुरोट लाई तिमीले परिवर्तनको सहि मईने मानेनौ | परिवर्तन समयको रियाक्सन हो, कि के भन्छौ नि तिमीहरु, ईन्जिनियरहरु, हो त्यस्तै हो | इट इज जस्ट रियाक्सन अफ टाईम | आउटपुट मात्र थाहा हुदैन | कहिले मेरो जस्तो आउटपुट आउछ कहिँले काइ त जीवन नै बाकि रहदैन | त्यो भन्दा यो नै ठिक छ | कमसेकम तिमीलाई जस्तालाई फेरी भेट्ने मौका त् दियो |’

म केहि बोलिन | टपीक चेन्ज गर्न कुरा अर्कै तिर मोडे | ‘अनि मलाई किन ब्लक गरेकी त्यो बेला?’

‘किन, मेरो सारै माया लागे जस्तो छ नि ? हो र !’

‘त्यस्तै बुझ’ म धेरै बोलिन | उसको आँखामा हेर्न पनि सकिन | त्यहि गमलाहरु मेरा नजरका साहारा थिए |

‘तिमी जस्तो मान्छे हुनु नि बेकार हो के | केहि कुराको टाईमिंग छैन | जे नि गलत समयमा गर्छौ | जे बोल्न मन छ, निर्धक्क भने हुन्छ नि | सोच्न मै सहि समय बित्छ अनि..’

उसले अर्को चुरोट पनि मगाई | धुवा जति मेरो अनुहारमा फालेर हासी | मलाई धुवामा सांस फेर्न अफ्ठ्यारो हुन्थ्यो | तर उसको धुवा मैले सहर्ष स्वीकारे | त्यो उसका ओठको स्पर्श गरेर आएको थियो | भाग्यमानि धुवा ! मैले उ तिर संकेत गरेर चुरोट मागे | उसले दिन खोजिन | मैले जबर्जस्ति मागे | अनि लामो सर्को ताने | मेरो सास नै बन्द भएको जस्तो भयो | आँखा बाट आँसु आउँन थाल्यो | मैले चुरोट उसलाई फिर्ता गरे |

ऊ जोर ले हास्न थालि |

‘ हा हा हा … कुनै कुरा सिमित मान्छेको लागि बनाईएका हुन्छन | भन्थ्यौ नि चुरोट खानु खराब | कत्ति को टेकनिक चाहिन्छ बुझ्योउ नि | अब गएर एअर भेलोसिटी देखि लिप्स पोजिसन, सबै कुराको रिसर्च गर्नु अनि मात्र चुरोट पिउनु | बच्चाहरुको खेल होईन यो |’

ऊ अझै हास्दै थिई |

‘है, सबै कुरा तिमीलाई मात्र थाहा जस्तो |’, मेरो मुखबाट अझै धुवा आउदैथियो, संगै खोकी पनि, उसको ओठ को स्पर्श थेग्न सकेनन मेरा कम्जोर ओठहरुले |

‘तिमी भन्दा त धेरै थाहा होला मलाई, रमेश | चुरोटको धुवा त तान्न नजान्ने तिमीलाई के आउला र!’, उ फेरी जोरले हासी |

‘मैले चुरोट खान सुरु गरेको भए सायद तिमी जस्ताहरुको ओठहरु सुन्य हुन्थ्ये, फोक्सो हरु तडपनमा हुन्थ्ये, अनि मन बेचैनी मा हुन्थ्यो | यु सुड बि ग्रेटफुल, यु नो ?’

‘खै, कुरामा तिमी संग कसले जितोस | अनि कुनै प्रगति लाईफमा ? इन्जीनियर त भयौ’ आई मिन एनी गर्लफ्रेन्ड्स ?’ उसले टपिक चेन्ज गरि |

‘मेरो उत्तर त पहिलाको जस्तै हो | तिमीले नाई भन्यौ |अरुलाई हेर्न मन पनि लागेन |’

उसले अलि नाक खुम्च्याई | अनुहारको बचेको केहि चमक पनि कम भो |

‘स्टिल सिंगल ? ठिकै छ, येस्तै हुनुपर्छ | यु आर सेफ | त्यसैले, प्रगति नि धेरै गर्छौ जीवनमा तिमी | नेभर चेन्ज | तिमी जस्तो छौ, त्यस्तै ठिक छौ |’

उसमा देखिने भाव परिवर्तन ले म छक्क परे | कति बेला खुसि हुन्थी, कति बेला सिरियस अनि कति बेला पागल जस्तै हास्थी | तर हास्दा खेरि उसमा भएको निराशापन स्पस्ट झल्किन्थ्यो | कुनै बनावटी हासो जस्तै |

‘अनि तिमी नि ?’, मैले पनि सोधे | यो गफ अन्त्यहीन हुदैथियो | उसको मनको कुरा र मेरा मनका कुरा हामि आफै भित्र सिमित थिए | कसैले खोल्ने प्रयत्न नै गरेन | त्यसैले मैले मौकामा यो प्रश्न सोधिहाले |

ऊ एकछिन चुप लागि अनि भनि, ‘ एस एंड नो ‘

‘मतलब ?’

‘अब तिमीले सोधेको प्रश्नको शीधा उत्तर ‘नो’ हुन्छ | आई एम डेटिङ समवन | तर एसको मतलब म एक्लो छैन भन्न भने मिल्दैन | बुझ्यौ ?’

मैले टाउको मात्र हल्लाए | कयौ आशाका सिढीहरु चड्दै माथिसम्म पुगेको थिए | एक्कासि जहाको त्यहि पाए आफुलाई | उसले भेट्न बोलाए देखि मन हावामा पौडिदै थियो | यो कुराको कल्पना नगरेको नि होईन तर मनले आफु अनुसार आफुलाई चित्त बुझाउन अनेक दृष्टिकोण प्रस्तुत गर्छ | तर ति सत्य नसुनुन्जेल र नदेखुन्जेल को लागि मोरफिन जस्तै काम गर्छन |

उसले फेरी केहि भन्न खोजेको जस्तै गरी |

‘डु यु नो, त्यो दिन रेस्टुरेन्टमा तिमीले मलाई प्रपोज नगरेको भए सायद म अहिले यहाँ हुन्थेन होला |’ उ एक छिन् चुप लागि अनि भन्न थालि | ‘स्वर्ग लोकमा हुन्थे वा सायद नर्कमा | तिमीले प्रपोज गर्नु केहीदिन अघि मेरो ब्रेकअप भएको थियो | आदेशले मलाई छोडेको कुरा सायद तिमीलाई थाहा छ कि छैन | म धेरै दुखि थिए | मन त फाटेको आकाश भएको थियो | तर तिमीले भेट्न बोलाए पछी लाग्यो, मेरो जीवनमा आदेश मात्र त जोडिएको थिएन, तिमी थियौ, मेरा अरु साथीहरु थिए, मेरो आसपास त धेरै थिए मलाई माया गर्ने | त्यो दिन तिमीसंग भेटेपछि सायद म रोए होला तर ति सबै आँसुले मेरा धेरै पिडा पखाल्यो | अनि जीवनमा केहि भए पनि गर्ने भनेर आगी बढे | पढाई पुरा त गर्न सकिन तर मन परेको हबीलाई नै आफ्नो काम बनाए |’

उसले सबै कुरा भनि, केहि मलाइ थाहा भएका केहि थाहा नभएका | तर ति सब कुरामा अझै पनि म एक साहयक पात्र मात्र थिए | मेरो कथामा पनि मेरो मुख्य भूमिका थिएन | सारै दुख लाग्यो |

‘अहिले पनि म एक्लो छु रमेश | सायद धेरैलाई भेट्छु | धेरै संग एस्तै मितो कफी पिउछु तर पनि एक्लो महसुस हुन्छ |’

म केहि बोलिन | म कक्षा १० मा उसको हातमा प्रेमपत्र थमाउदा जुन स्थितिमा थिए |त्यहि स्थितिमा छु | मात्र समय र संयोजन फरक छ बातावरणको |

एकछिन दुवै जना बोलेनौ |

‘केहि अरु खाने ? पूनम ?’

‘मेरो कुराले पेट भरिएन ? हि हि हि ..’ आँखाका ड्याम भित्रका आँसु स्पस्ट देखिदै थिए तर पनि उ हास्दै थिए |

मैले अर्को कप चिया मगाए |

‘एउटा कुरा भनु ? कक्षा १० मा तिमीप्रति जस्तो लगाव थियो अहिले पनि त्यस्तै छ | अझै त्यो प्रेमपत्र का हरेक अक्षर छन् म संग | मैले फेरी लेखे भने अब त समात्छौ होला नि |’

‘नाइँ समात्दीन ! मैले भनि सके तिमी त अझै बच्चा नै छौ | मैले भोगेको जीवनले म बदलिएकी छु |’

‘त्यसोभए मलाइ किन भेट्न बोलाको त?’

‘सुन रमेश मलाई सम्बन्धहरु देखेर एकदम डर लाग्छ | र म यो रिस्क अब लिन चाहन्न | म एक्लै ठिक छु | हरेक प्रेम सम्बन्धहरुमा मात्र हुन्छन भन्ने हुदैन नि | प्रेमले सम्बन्ध खोज्नु दुख निम्त्याउनु हो |’

‘तर सम्बन्ध त प्रेम आफैले स्थापित गर्छ नि, होईन र ?’ मेरो प्रश्न सुनेपछि ऊ एकछिन चुप लागी |

मैले फेरी भने, ‘ मात्र प्रेम भन्ने कुरा ‘आइडल’ हो | प्र्याक्टिकली ईम्पोसिबल |’

उसले घडी तिर हेरिरहेकी थिई | मैले पनि हेर, एक घण्टा भन्दा बढी समय भैसकेको थियो |

‘मात्र प्रेम, कुनै आशा बिनाको, गर्न सक्ने भए सायद तिमी दुखि हुन्थ्येनौ होला र म कहिल्यै तिमीलाई प्रेम गर्छु भनेर पनि भन्थेन होला | यी सब भन्ने कुरा मात्र हुन् | अन्ली एन अजुम्प्सन ‘

ऊ मुस्कुराई | उसले फेरी घडी हेरी | हेल्मेट समाती र उठी | ‘गए है, बिल म तिर्छु |’

‘नाई, म तिर्छु | छोडदेउ तिमी | म केहि बेरपछी जान्छु |’ मैले भने |

‘नो, दाई कति भो ?….’, उसले काउन्टरमा पैसा तिरी | म उसलाई हेरिरहेको थिए |

ढोकामा पुग्ने बेला ऊ जोरले कराई |

‘आई विल थिंक अबाउट प्र्याक्टिकली पोसिबल लभ, फेव १४ मा भेटौ न त | सेम रेस्टुरेन्ट, सेम टाईम | आई विल बि वैटिंग यु | बाई | टेक केयर!’

एकाएक अघि देखि पिउदै गरेको खल्लो चिया पनि मिठो लाग्न थाल्यो | पर्खाई पनि मिठो, सुरुवात पनि मिठो |


follow previous: part 1 and 2

Advertisements

One thought on “​प्र्याक्टिकली पोसिबल लभ

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s