लोभी

लोभले लेपिएका तिम्रा आँखाहरु,
मलाई देख्न सक्छन भने म फगत एउटा बस्तु हुँ,
जो मुल्यहीन पनि छैन न नै छ अमुल्य,
बेचिन सक्ने एउटा कात्रो मात्र !

लोभले लेपिएका तिम्रा आँखा हरु,
मलाई बस्तु देख्छन भने म त एउटा जीवित लास हुँ,
जो बोल्न सक्छ पाउने आश का लागि,
आत्मा मरेको एउटा जोम्बी जस्तो !

लोभले लेपिएका तिम्रा आँखाहरु,
मलाई मुर्दा देख्छन भने म ब्यर्थ जन्मेको जुका हुँ,
जो फुल्न सक्छ खोसेर, बाच्छ केवल सोसेर,
अस्तित्वहीन एक परजीवी मात्र !

लोभले लेपिएका तिम्रा आँखाहरु,
मलाई देख्न सक्छन भने तिमि र म उस्तै,
जो ऐना भित्र र बाहिर रहेका छौ,
परिधि ननाघेका बिम्ब र प्रतिबिम्ब !

-पवन


TRANSLATION

Advertisements

One thought on “लोभी

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s