देखेको गीत

भोका माग्ने हातहरु, बुझछन पेटमा परेका लातहरु,
भुइँ चिसोले छोपेको बेला, ओछ्यान सुकेका पातहरु |

झुप्रो बगाउछन बाढीहरु, पोल्छन सुकेका झाडीहरु,
यो वर्षा नि केहि फलेन हजुर, तर्साउन आउछन खाडीहरु |

हातमा छन् छापेका सर्टिफिकेट हरु , भौतारिदै खोज्न जागिरका गेट हरु,
तै पनि निराशा कत्ति सारो छ हो, दैलोमा आउछन उही खाडीका टिकेटहरु !

छन् धुलो उडेका बाटाहरु, पानी आउने आशमा बसेका हामी लाटाहरु,
सहेकै छौ, सहन्छौ नै, बोल्न सक्ने होइन केहि, जे गर्नु छ गर्छन उही, माथि बसेका बाठाहरु !

स-साना आकाशका ताराहरु, मिलि चिर्छन भयानक अँध्याराहरु,
सत्य ठहरिन्छ उनले भनेको, ‘एकतामा छ बल’ भन्ने नाराहरु |

बुद्धि भएका बोटहरु, जब बुझछन गरिबीका चोटहरु,
नोट संगै जलेका चुरोट झैँ गर्दैनन्, हातमा आएका भोट हरु |

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s