रिहर्सल अफ अफेयर

उसको र मेरो चिनजान भएको बर्षौ भैसकेको थियो | तर पनि हाम्रो भेट केहि दिन अघि मात्र भएको जस्तो लाग्थ्यो | उसमा आएको परिवर्तन र चेतनाले मेरा लागि उसको परिचय नै फेरिएको थियो | हुन् त् म्याच्युरिटि पुरुष भन्दा महिलामा चाडो आउछ भन्छन | उसको चेतना स्थर मेरो भन्दा धेरै माथि थियो | उसले सारा दुख देखिसकेको जस्तो कुरा गर्थी | अनि सारा बस्तुको शुक्ष्म विश्लेषण गर्न सक्ने जस्तो लाग्थ्यो | मलाई इर्ष्या पनि लाग्थ्यो | तर उसका यिनै बानीले म उस प्रति कायल थिए | फेब्रुअरी १४ मा भेटौ भन्दै छुट्टिएकी उसले फोन समेत गरिन |मैले  फोन गर्दा समेत स्विच अफ थियो | साँझा १० बजे तिर एस.एम.एस आएको थियो | ’सरि है साथिहरुले घुम्न जाने प्लान बनाए | नेक्स्ट टाईम है |’

उसले लेखेको मेसेजले अत्ति नै रिस उठ्यो | मैले फोन पनि गरे उसलाई |

‘ कस्तो यार तिमी, नाआउने भए फोन गर्नुपर्छ नि | बेकारमा ! कति कुरे त्यहा, थाहा छ | मान्छेको आगाडी मजाक मात्र भईयो | नेभर मिट मी अगेन |‘

कहिल्यै नभेट्नु अब भन्दै मैले फोन राखे | उसले धेरै चोटी कल ब्याक गरी, मैले फोन उठाईन | उसले फेरी मेसेज गरि – ‘ प्लिज, फोन रिसिभ गर न, आई एम सरि |’ उसले फेरी कल गरि | मैले फोन उठाईन |

म फोन स्विच अफ गरेर सुते | भोलिपल्ट पनि उसले दिउसो धेरै चोटी कल गरि | धेरै चोटी सरि लेखेको मेसेज पनि पठाई | मैले रेस्पोन्स गरिन | म रिप्लाई नगरी बस्न सकिन, राति १० बजे तिर मेसेज पठाए, ‘ डु नट डिस्टर्ब मी, आफ्नो वाचा पुरा नगर्ने संग सारै घृणा लाग्छ |’

‘मलाई पनि, तर माफी पनि त मागे, मलाई आफ्नो कुरा राख्ने मौका त देउ |’ उसले रिप्लाई गरि |

‘सो, के त् अब ?’

‘भोली भेटौ न त | आफ्टर अफिस, सेम रेस्टुरेन्ट | म तिमी भन्दा आगाडी नै त्यहा पुग्छु | कल गर्नेछु |’ उसको रिप्लाई आयो |

भोलिपल्ट अफिस पछी उसको कल आयो | म बानेश्वोर तिर लागे |

‘हाई रमेश,फेरी सरि है |’ बस्न नपाउदै उसले भनिहाली | म केहि बोलिन |

‘अझ रिसाछौ ?’, उसले कफी मगाई | मेरो लागि पनि कफी नै मगाई |

म केहि बोलिन | एकछिन सम्म कोहि बोलेन | दुवै जना चुप लाग्यौ | धुलोको कुहिरो भित्र हराएको काठमान्डौ | हामि जस्तै विवसतामा बचेका फुलहरु, अगाडी राखिएका प्लास्टिकका फुलहरु, कुनै पनि बस्तुमा उत्साह थिएन, कुनै कौतुहलता थिएन | कुनै नयापन थिएन | हिजो सम्म अगाडी हुदा एस्तो कुरा गर्छु त्यस्तो कुरा गर्छु भन्ने आत्मिक ज्वारभाटा हरु गायब थिए | मैले बोल्ने बिषय नै भेटिन |

‘मैले उसलाई हेरे | ऊ अस्ति भेटेको भन्दा फरक थिई | हरेक पटक जब म उसलाई भेट्छु, फरक पाउछुं | तर हरेक पटक मलाई ऊ संग प्रेम हुन्छ | उसका हरेक परिवर्तनहरु मेरा प्रिय हुन्छन | आज ऊ शान्त थिई |

कफी आयो | हामी कफी पिउन थाल्यौ |

`’रमेश, टेल मी वान थिंग, तिमी मलाई किन प्रेम गर्छौं ?’, उसले मैले कफीको कप समात्दै गर्दा प्रश्न गरि | कप समात्न नै गारो हुदै’थ्यो, तातो थियो | मैले कप फेरी रिकापिमै राखे |

‘त्यसको उत्तर थाहा भएको भए तिमीसंग नै किन प्रेम गर्थ्ये र | कोहि, मेरो बारेमा सोच्ने संगै प्रेम गर्थे होला नि | जसलाई मेरो मतलब छैन त्यसको पछी किन लागिरहन्थ्ये र |’

ऊ केहि बोलिन |

मैले फेरी थपे, ‘तिमीले आदेशलाई किन प्रेम गर्यौ ? सायद यसको पनि तिमी संग उत्तर छैन होला | गरेर हुने त् सम्झौता हरु हुन् पूनम, प्रेम होइन | प्रेम त तिम्रो मुस्कान जस्तै हो, जुन मलाई मनपर्छ | तिम्रा मुस्कुराउने कारण अलग अलग होलान तर जब तिमी मुस्कुराउछौ, म रमाउछु, सायद त्यो नै मैले तिमीलाई गर्ने प्रेम हो |’

उसले समर्थनमा टाउको हल्लाईं |

‘यु आर बीइंग टू फिलोसोफिकल, हि हि हि ..’

उसको आनुहारमा बल्ल केहि मुस्कान आयो |

‘अनि भन तिम्रो फोटोग्राफी कस्तो हुदैछ | क्रियटिभ काम गर्छौ, कहिले काइ त् मलाई इष्या नै लाग्छ |’ कफी सारै तितो थियो | महँगो रेस्टुरेन्टको यही कुरो नराम्रो लाग्छ | पैसा पनि तितो मन हुने गरि लिने अनि कफी पनि तितो हुने गरि बनाउने | पिउन मन नै लागेन, त्यसै छाडिदिए |

‘हरे, इन्जिनियर साहब त्यस्तो कुरा नगर्नुस न, आप कहाँ हम कहाँ !’, ऊ जोर ले हास्न थालि |

ऊ भित्र अझै पनि करोडौ नभनेका पिडा हरु थिए | अझै ऊ खुलेकि थिईन |

‘ तिमीलाई अझै केहि सेयर गर्ने मन छ ? ढुक्क हौ | सायद म जत्तिको कुरा राख्न सक्ने मान्छे सायदै संसारमा होलान | अजुम मी एज अ नेचुरल भल्ट |’

‘ किन र ? केहि कुरा लुकाए जस्तो लाग्छ र तिमीलाई | त्यस्तो केहि होईन | ’, ऊ फेरी हासी | तर सायद मेरो प्रश्न उसलाई मन परेको थिएन |

‘ठिकै छ त्यसो भए, तिम्रो हासो नै अजीबको लाग्छ के, अन-नेचुरल ! त्यै भएर भनेको | सेयर गर्दा मेन्टल स्ट्रेस कम हुन्छ |’ मैले कुरा भन्दै गर्दा वेटर कप लिन आयो | मेरो कपमा कफी जस्ताको त्यस्तै देखेर फर्किदैथ्यो, मैले लैजान भने |

‘तितो भो यार, लैजाऊ !’, उसले मलाई बर्षौको दुश्मनको जस्तो नजर ले हेर्यो | अनि कप लिएर गयो |

उसले घडी हेरी |

‘ल म जान्छु है | ढिला होला जस्तो छ |’ उसले हेल्मेट समाती |

‘हुन्छ, मलाई पनि चोक सम्म पुर्येदेउ न त् ‘, मैले सानो मुस्कान दिए |

‘डोन्ट हयाब अ बाईक ?‘ उसले अचम्म मानेर सोधी |

‘नट इभन अ ड्राइभिंग एक्स्पिरीअन्स’, बाईक चलाको सम्म छैन भन्दा ऊ झन् ट्वाल्ल परि |

‘मलाई मनपर्ने केहि कुरा त रहेछन तिमीमा !’ उसले मेरो हात समाउदै काउन्टरमा लागि र पैसा तिरी |

अब भने म ट्वाल्ल परे |

उसले मलाई चोकमा छाडी र गई |

हामीहरु बीच यस्ता धेरै भेटघाट हुन् थाले | हरेक पटक ऊ भिन्न लाग्थी | तर मेरो सामु उ कहिले खुलिन | आफ्ना मनका कुरा अझै पनि उसले गुमसुम राखेकी थिई | यो प्रक्रिया त्यसै लम्बिदै थियो | हामि हरु साथि पनि थिएनौ जस्तो लाग्थ्यो | न नै कुनै अफेयरमा थियौ | अनि हामीले भेट्ने त्यो रेस्टुरेन्ट कुनै असाइलम जस्तो लाग्थ्यो | परिस्थिति ले आफ्नै बर्तमान बाट भागेका हामी दुइलाई केहि क्षण भए पनि सहारा प्रदान गर्थ्यो | रम्ने र रमाउने बातावरण मिलाउथ्यो, कुनै अल्कोहल जस्तो |

तर पनि म वाक्क भैसकेको थिए | हुन् त मेरा कुरा मैले सुरु मै राखेको थिए | मेरा उस प्रतिका भावना जस्ता पहिला थिए त्यस्तै थिए | ऊ भने क्लियर थिइन् | कन्फ्युजड थिइ | अब यो कुनै अफेयरको रिहर्सल गरे जस्तो हुदै थियो | सत्य स्वीकार गर्न उसलाई गारो हुदै छ जस्तो लाग्दै थियो मलाई | यसको अन्त्य हुनु थियो | हाम्रो सम्बन्धको परिभाषा जान्नु मेरा लागि जरुरि भैसकेको थियो |


follow previous part: प्र्याक्टिकली पोसिबल लभ

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s