त्यो रात सहरमा!

त्यो कालो औसीको रातमा पनि,

सहर पूर्णिमा जस्तै थियो, चकमन्न र उज्यालो ,

सपना हरु कोल्टे फेर्दै थिए कतिका,

अनि कतिका  फेसबुक र इन्स्टाग्रामका टाईमलाईन सुभ रात्रि र सेल्फीले भरिएका थिए ,

रात निस्क्रिय हुदै थियो, रातको भोगले समयको गर्भमा बिहान बिजारोपण भएको थियो,

बिहान गर्भमै थियो, सास फेर्दै,

सितहरुको षड्यन्त्रमा, भएका थोरै दुबोहरु पनि भिज्ने तरखरमा थिए, त्यो घिनलाग्दो सहरमा,

जति घिनलाग्दो भएपनि सहर , प्रकृतिले भएको सुन्दरता सधै सुम्पिन्छिन,

र त बिस्नुमा र मनोहरा.

चाहे दुर्गधित फोहरका च्यातिएका झिल्लीनै किन नहुन, कतै बाट बगेर आउछन र लगेर जान्छन,

सभ्य सहरका असभ्य आचरण !

त्यो रात,

मृत्युशैयामा कति आत्माहरु निस्ससिदै थिए,

निस्कन खोज्दै थिए आआफ्नो अन्तिम हिसाब मिलाउन,

नेपाल मण्डलका चारै दिशा बाट आएर यहि सहरमा,

जीवन किन्न मृत्यु संग साठ्गाठ गर्दै थिए,

यहा ब्यापार हरेक कुराको हुन्छ, जीवनको त् कुरै छोडौ!

झुप्पा झुप्पा अंगुरहरु कुनै ग्रहमा कुहाईन्छन,

भरिन्छ बोतलहरुमा  र यो सहरका गल्लि गल्लिमा पोखिन्छन,

त्यो रात पनि एक हुल यौवन छल्किदै थियो,

मादकतामा झुमेको थियो,

गल्लि गल्लिमा पोखिएका  प्यालाहरुसँग,

सौख र नसा, जीवन जिउदै थिए,

जुर्मुराएको थियो सम्पन्नता, पबमा र क्लबमा,

भोलिको सोसल स्ट्याटस अपडेट को लागि!

बाहिर सडक किनारमा भने, भोक नसामा डुबेको थियो,

सहरले भन्ने ‘ग्लु स्निफिंग’ संग भोक पनि झुकेको थियो,

कसै कसैका लागि,

सबै कुराले सम्पन्न त्यो सहरमा, भातको एक सिता पनि थिएन,

र त एक बालक ‘निर्भाना’ प्राप्त प्राणि जस्तै बिना कुनै चिन्ता मृतु संग अँगालो मारेर सुतेको थियो !

एक रत्ति चिन्ता थिएन उ संग, मुस्कान त निद्रामा पनि देखिन्थ्यो उसको,

एक रत्ति चाहाना थिएन, आफ्नै संसारमा बिलिन भएको थियो !

अनि  सडक किनारबाट भित्र तिर, बहालमा बसेका कयौ परिश्रमी आँखामा स्वप्न महलको अन्तिम डिजाईन तयार हुदैथियो,

सहरको एउटा  हिस्सा सुतेको थियो, एउटा सुत्दै थियो,

एक ले त् सुत्ने जानेको नै  थिएन !

सहरको एक भाग हास्दै थियो,

एक रुदै थियो,

एक भागमा  मौनता थियो त् एक तर्फ हल्ला,

एक तर्फ सम्पन्नता थियो त एक तर्फ संकीर्णता,

एक तर्फ गरिबी थियो त् एक तर्फ गौरब,

एक तर्फ सपना थिए त् एक तर्फ निराशा,

हो, सहर त्यो रात माझि औला जस्तै थियो,

सबै औला सं-संगै उठ्दा एक अर्थ,

सबै संगै बस्दा एक अर्थ र ऊ एक्लै उठ्दा एक अर्थ,

हो, त्यो रात सहरमा, मैले सहरले जिउने तरिका देखे !

त्यो रात मैले सहर देखे !

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s