[ अल्जाईमरको बेलामा प्रेम ]/ [Love at the time of Alzheimer]

सुर्यले हरेक पटक धर्तिलाई भेट्दा,
पहिलो चोटी भेटेझैँ गर्छ, उही नयाँपन, अपरिचित भाव उसको अनुहारको,
उत्साह नया सम्बन्धको, र यो प्रक्रिया रिपिट भैरहन्छ |
उसको र मेरो बीच पनि यस्तै हुदै थियो |
समय ले कयौ बसन्त संगै कटाएका हामीलाई,
पटक पटक जिस्काउथे यादहरु!
हरेक पटक उसका लागी मेरो परिचय फेरिन्थ्यो,
उसले मलाई भुल्दथी र म धर्ति सम्झन्थे आफुलाई
उसकै तेजले जीवित एक पिण्ड सम्झन्थे |
सधै नया तरिकाले स्थापित हुने हाम्रो सम्बन्ध,
कहिले धेरै बेर का लागि हुन्थ्यो त कहिले केहि बेरका लागि |
डाक्टरले भनेका थिए,
‘तपाई अब उसको लागि तपाइँ रहनुहुन्न,
तपाई अब उसको लागि उसको रहनुहुन्न|’

सम्झनाको भुमरीमा लुकामारी खेल्नुस भनेका थिए डाक्टरले,
त्यसैले अब हरेक पटक नया मानिस संग प्रेम हुनु थियो,
मायाको संघर्ष सुरु भएको थियो,
जसरि बिहान फक्रेको फुल, साझ ओइलाउछ |
हाम्रो सम्बन्ध पनि ओइलाउनु थियो |
उसले मलाई भुल्नु थियो, हाम्रा यादहरु याद नरहनु थियो |
‘तिमि को ? मैले चिनिन त ?’
उसको प्रश्न मा पिडा हुन्थ्यो, आफै प्रतिको पश्चाताप हुन्थ्यो |
लामो बाटो हिडेर टाढा आइसकेपछि, आफु किन त्यहा आए र कहा जादै छु भन्ने थाहा नभए जस्तै,
उ ऊ हुनुको खोजमा लाग्थी |
त्यो खोजको सधै सुरुवात मात्र हुन्थ्यो |
तर मायाको पनि सुरुवात मात्र त् हो चाहिने, होइन र |
अन्त्य कसले खोज्छ र | चाहे बस्तु प्रेम नै किन नहोस !
म भन्थे, ‘म बोट हु तिम्रो र हरेक पटक तिमि फुले मात्र मेरो अस्तित्व रहन्छ |
जति ओइलाए पनि यो बोट तिम्रो सुन्दरता र बनोटका लागि सास छंजेल धर्ति समातेर बस्छ |’
उ मुस्कुराउथी, यादहरु जसै फर्किन्थ्ये केहि गरि,
यादहरु प्यारा हुन्छन, याद हरुमा त ‘जीवन’ शब्द अडेको छ !
सायद उसको पनि जीवन कुनै चल्ला जस्तो प्रत्येक पटक उड्न खोज्थ्यो,
सयर गर्न खोज्थ्यो आशुका सागर,
चढ्न खोज्थ्यो होला खुसिका सगर
र पढ्न खोज्थ्यो उपलब्धिका बादल पल्टाएर,
जीवन यो नै त हो , आशु, हासो र प्रत्यक इन्द्रीयहरूका भोगाई,
यो नै एक्कासी मेटिए,
कुनै सुन्दर पेन्टिङ एकाएक खालि क्यानभास मात्र भए,
के अर्थ खोज्ने जीवनको ?

डाक्टरले भनेका थिए,
‘तपाई अब उसको लागि तपाइँ रहनुहुन्न,
तपाई अब उसको लागि उसको रहनुहुन्न’
सायद गलत भने डाक्टरले,
हरेक पटक उसको क्यानभास मा नया तस्बिरको सृजना हुन्थ्यो,
हो, मैले गर्थे, उमेर परिधि नजिक थियो हाम्रो तर पनि सम्बन्ध सधै नयाँ हुन्थ्यो |
जती नै सुरु बाट किन नहोस, धर्ति उजेलो त घाम ले नै हुन्छ,
हो म पनि उसले गर्दा नै उजेलो हुन्थ्ये |
म फूलदानी जस्तो थिंए र उ मेरी फुल थिइ,
फुल्दानिको शोभा फुल !


#pwnbhtt

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s