मेरी आमा समुन्द्र

मेरी आमा समुन्द्र जस्तै छिन्,
त्यसैले त म कुनै नदि जस्तो हरेक पटक आमा मै बिलिन हुन्छु,
म आमाकै एक भाग हुँ,
मेरो उत्त्पत्ति आमा बाटै भएको हो र
मेरो गति मेरी आमा मा गएर सीधिन्छ,
मेरो अस्तित्व आमा सम्म पुगेर सक्किन्छ !

कुनै तटका खस्रा ढुंगा जस्तै आमाका घिसिएका नंग र चिरा परेका पैताला
मेरै शरीर हुर्काउदा हुर्काउदै परेका हुन् ,
आमाका चाउरिएका र सुकेका हात र निधार का छाला,
सामुन्द्रिक तरङ्ग हरु हुन् , छाल हरु हुन् ,
ती तरङ्ग म हुनुको प्रतिबिम्ब हुन्
र ती चाउरिएका धर्का मेरा भाग्य रेखा हुन् |

मेरी आमा समुन्द्र जस्तै छिन् ,
र पनि अचम्म छ यहा, आमा डुबाउन जान्दिनन , मात्र डुब्न जान्दछिन,
प्रत्येक पटक मेरै लागि डुब्ने गर्छिन, म मै डुब्ने गर्छिन,
हरेक पटक मलाई ओभानो राखेर कुनै टापु माथि को नरिवलको बोट जस्तै |
हो, समुन्द्र बिना त्यो टापु र त्यो बोट को के नै अस्तित्व !

मेरी आमा समुन्द्र जस्तै छिन्,
अनि हरेक पटक उठ्ने ज्वारभाटाहरु, मेरी आमाको निधारका पसिना हुन्
जुन हरेक पटक मेरी आमाले, बोकेको भारि बिसौदा पुछ्ने गर्छिन,
र म कुनै किनारा जस्तो पर्खिरहन्छु त्यो ज्वारभाटालाई,
कुनै सिपि र मोति को आशमा बसे जस्तै,
र डोको बाट आमाले निकालेर हसियाले काटेर दिने आम्बाका दाना,
मेरा लागि कुनै मोति भन्दा सायदै कम भए होलान |

मेरी आमा समुन्द्र जस्तै छिन,
बिशाल, शान्त, सुन्दर, गहिरो,
कुनै आकाश दर्पण जस्तो,
मेरो र मेरो लागि मेरा नजिक भएको सम्पूर्ण अस्तित्वको दर्पण |


#pwnbhtt

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s