मेरो गाउ सहर बन्दा !

मेरो गाउ सहर बन्दा,
छिमेकी काका लाइ हाम्रो घरको दुधमा पानी ज्यादा दुध कम लागेको थियो,
त्यसैले उनि प्याकेटको दुध किन्न रूचाउँन थाले,
हिजो सम्म उनले भन्ने कुरा, ‘माया बढी दुध कम’ हुन्थ्यो,
र सायद त्यो माया पग्लेर पानी भएको थियो क्यार ,
घरको गुन्द्रुक भाईलाई गनाउन थालेको थियो,
र चाउचाउ को पाकेट हरहर बसाउथ्यो,
बहिनीलाई बटेको चुल्ठो पुच्छर लाग्न थाल्यो,
रिबनका फूललाई हाइलाइटले हेप्न थाल्यो,
मायालाई चौताराको भटमास भन्दा रेस्टुरेन्टको मम मनपर्न थाल्यो,
दहि भन्दा कोलाले उसको मन हर्न थाल्यो |
करेसाका रायो का पात सुकेर काला भएका हुन्थ्ये,
तर बेमौसमी तरकारीले भान्साको कराई भरिएको हुन्थ्यो,
काम गर्ने हात हरु मोबाईल मा व्यस्त भए,
साथि भाई सब सिनेमा मा मस्त रहे |
हो, मेरो गाउ सहर बन्दा,
खोला ले पनि रंग फेरेको थियो,
ऐना मानि हेर्ने हुनाले सायद कालो बुर्का ओढेको हुनुपर्छ,
खोला हो कि ढलको नाला छुट्याउनै गाह्रो !
जंगल ले पनि आफ्नो ढंग फेरेको थियो,
पात झरेका ठुटा, अनि बकुल्लाका भुत बंगला मात्र थिए,
गोठका गाई अलमल मा थिए,
गोठाला जाने सहरी झलमल मा थिए |
मेरो घरमा बा ले कुकुर बोकेर ल्याउदा,
गाईले नि गाँउ सहर भएको बुझेको हुनुपर्छ,
हुन त चर्ने घास हराएको थियो,
खुल्ला चौर र खेतहरुको उठीबास भएको थियो,
यो सब मेरो गाँउ सहर हुदा भएको थियो |
बाटोको हरियो दुबोले पहिरन ओड्न थालेको थियो,
हरियो, पहेंलो, रातो, अनेकन पोका र कागज,
अनि कहि कतै मोटर को धुवा ले टालेको थियो |
सहर मा त् बाटो हुन्छ रे,
बिरामी हुदा कालले पनि लाटो हुन्छ रे सुनेको,
तर मेरो गाँउ सहर त बन्यो,
तर त्यसमा बाटो बनेन, मल्लो घरे बिर्खे थला पर्दा काल पनि त्यति लाटो बनेन,
मम, चाउमिन आयो गाउमा तर औसधि आएन,
मोबाईल आयो गाउमा तर शिक्षा आएन,
संस्कृति आयो गाउमा तर सभ्यता ल्याएन,
हो यो सब मेरो गाउ सहर बन्दा को कुरा,
हो जब मेरो गाउ,
न गाउ रह्यो न सहर नै भयो |


Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s