कागज 

उ आई मेरो हात मा एउटा कागज थमाई र दौडेर गई | त्यो कागज के हो भनेर हेर्ने आटेको थिए सर टुपुलुक्क त्यहि आउनु भयो | मैले कागज गोजीमा राखे | अनि क्लासमा गए | सुजिताले मलाई हेरी, उसको छेउमा बसेकी रमा पनि मुस्कुराउदै थिइ | ऊ मेरो अनुहारमा कुनै भाव र रंगको खोजिमा थिई | सायद उसले त्यो पाईन र ऊ निराश जस्तै भई | त्यो अन्तिम क्लास थियो | साझको चार बजिसक्दा पनि घाम मध्ये दिनको जस्तै थियो | घन्टी के लागेको थियो सबले कापी झोलामा हाल्न थाले | सरले लेख्न लागेको चकले मलाई हान्नु भो , ‘कति हतार हुन्छ तलाई !’ मैले हत्तपत्त फेरी कापी निकाले | फेरी पन्द्र मिनेट सम्म सरले पढाउनु भयो | मनमा खुल्दुली थियो कागजमा के छ भनेर |

घर पुग्ना साथ मैले त्यो कागज गोजीबाट निकाले | फेरी आमाले बोलाउनु भयो | ‘सुबोध, चाडो अईजो त, एकछिनलाई |’ मैले कागज त्यहि राखे | आमाको काम सकेर फर्केर आउँदा मैले त्यो कागज भेटिन | सबै ठाउँ हेरें तर पनि भेटिन | नभेटे पछी सुजितालाई नै सोधुला भनेर खोज्न छाडें | त्यो बेला हामि क्लासमा एस्ता अनेक चिट दिन्थ्यौ र रमाईलो गर्ने गर्थ्यौ | सायद त्यस्तै केहि होला सोचे |

कक्षा बाह्रको परिक्षा नजिक आउदै थियो | सबै पढाईमा व्यस्त थिए | मेरो ध्यान भने सुजितामा थियो | हुन् त सागरले उसलाई धेरै चोटी मेरो बारेमा भन्न नि खोजेको थियो | तर खै उसले बुझ्थिन | म आफैमा भने हिम्मत गरेर कहिल्यै भन्ने आट आएन |

हाम्रो भेट परिक्षाको अन्तिम दिन भएको थियो | ‘ सुजिता कस्तो भयो एक्जाम ?’ मैले सोधे | उसले ठिकै भो भनि | उसको अनुहार कुनै उत्तरको खोजीमा थियो | अनि मेरो अनुहारमा प्रश्न थियो | उत्तर दुवै लाई चाहिएको थियो र त्यस बेला केहि पनि ठिक भएन सिवाय परिक्षा | परिक्षा राम्रै भएको थियो | ‘सुबोध तिमीले मैले दिएको कागज पढ्यौ ?’ उसले घर जादाँ बाटोमा सोधी | म त्यो कागजको बारेमा बिर्सिसकेको थिए | तर पनि मैले पढे भन्दिए | उसले न्यास्रो अनुहार लगाई | संगै रहेकी रमा पनि निराश भई | म ट्वा परे | मलाई झन् झन् खुल्दुली भो | सुजिता को भाव र उसको व्यवहार अनौठो लाग्न थाल्यो |

घर पुग्ना साथ मैले सबै ठाउ त्यो कागज खोजे तर भेटिन | मलाई संखा लाग्न थाल्यो कतै सुजिताले मलाई मन त पराउदिन भनेर | मन मा अर्कै खुसि आयो | आफै कथा हरु बुन्न थाले | ‘हो है, सुजिता ले मलाई त्यो कागज दिए देखि हरेक पटक फलो गरेकी थिई, सायद मैले भन्न नसकेको उसले भनि कि ?’ मैले त्यो कागज जत्ति खोज्दा नि भेटिन | अन्तिम मा आफै सुजिता लाई प्रेम पत्र लेख्ने निर्णय गरे |

बिहानै म सुजिताको घर गए | उसलाई त्यो कागज दिए | पहिला त उसले त्यो आफैले दिएको पत्रको रिप्लाई सोची | तर एकछिन पछी उसको मुख रातो भएर आयो | आखा भरिएर आयो | उसले मलाई अंगाली | ‘सरि सुजिता मैले, तिमीले दिएको कागज हाराए, धेरै पहिला देखि भन्न खोजेको तर भन्न सकेको थिएँन |’ मैले एकै सास मा भने | मेरो पनि मुख रातो थियो, कान तातेर राता भएका थिए, आखा, एक टक ले भुइँमा हेर्दै थिए | ऊ केहि बोलिन | ऊ खुसि थिई | ‘सुबोध, आई युज टु लाईक यु फ्रम लोंग टाईम!’ उसले मेरो हात समातेर भनि | हामि बिचमा त्यहाँ धरै बेर कुराकानी भए | आज मन फुरुंग थियो | पहिलो प्रेम प्रस्ताव अनि त्यो पनि स्वीकार हुनु ठुलो उपलव्धि जस्तो लाग्यो | मैले सागरलाई फोन गरेर सबै सुनाए |

परिक्षा पछीको बिदामा एक दिन मलाई रमाले फोन गरि |

‘सुबोध, सुजितालाई के भयो, मेरो फोन नै उठाउदीन त, भटे नि खासै बोल्दिन!’ ऊ आत्तिएकी थिइ | ती दुइ मिल्ने साथी थिए |

‘ए रमा…, अँ ठिकै छ त सुजितालाई मैले हिजो त् भेटेको |’, रमाको घर अलि टाढा भएकाले खासै सुजिताको घर आउँन पाउँथिन | उसले फोन राखी |

भोलि पल्ट सुजिता भेट्न म तयार भएर जादै थिए | आमाले बोलाउनु भयो |

‘ए सुबोध खै के कागज हो यो, अस्ति तैले खोजिराको हैंन |’

म कुदेर गए, त्यो सुजिताले दिएको कागज थियो | म मन मनै हासें | त्यो कागज समाए र घर बाट निस्के | बाटोमा हिड्दै गर्दा कागज खोलेर पढ़े |

मेरा गोडा एकाएक रोक्किए | खुट्टा काम्न थाले | मुख सुक्यो | घर फर्किन खोजे, सकिन | न नै पाईला अगाडी सार्न सकें | केहि सोच्नै सकिन | त्यो बेला हिन्दी सिनेमा ‘बडीगार्ड’ को सलमान र करिनाको मात्र याद अईरह्यो !

कागजमा अर्कै कथा थियो |

‘सुबोध, तिमी मलाई असाध्यै मन पर्छ | आई लभ यु  ………….. -रमा !’

 

Advertisements

7 thoughts on “कागज 

    1. हा हा, लेखी सकेपछि फिल्म को जस्तै भयो भनेर फिल्म को नाम हाल्देको 😂😁

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s